जुवाको खालबाट पूर्व राजा ज्ञानेन्द्र शाहका नातेदार पक्राउ !

काठमाडौं, साउन १९ । पूर्व राजा ज्ञानेन्द्र शाहको सौताने पट्टिको दाई रविन्द्र शाहको नातेदार रहेका काजु शाहले कलंकीमा जुवाको अड्डा संचालन गरेको खुलेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकी लाम्पाटी बस्ने नानु शाहको घरमा बस्दै आएका उनका ५५ वर्षीय भाई काजु शाहले आफ्नै कोठामा जुवातास खेलाएको खुलेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

प्रहरीले जुवा खेलाई रहेको अवस्थामा सोही ठाउँ बस्ने ६७ वर्षीय रवि राना सहित ९ जनालाई नगद ३० हजार ९ सय २५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार प्रहरीले पक्राउ गरेपछि उक्त कुरा बाहिर आएको छ । यस विषयमा अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!