नेपाललार्इ अर्को सफलता, नेदरल्याण्डले गुमायाे ५ अाैं विकेट

काठमाडौं, नेपाल र नेदरल्याण्डबीचको एक दिवसीय क्रिकेट खेलमा नेपालले अर्को सफलता हात पारेको छ । लामो समयदेखि क्रिजमा जमेका नेदरल्याण्डका टर ब्राक र त्यस लगत्तै अाएका रिपाेन अाउट भएपछि नेदरल्याण्ड प्रेसरमा अाएकाे छ ।  सन्दीप लामिछानेले ३१ अाैभर २ विकेट लिएभने ३२ अाैं अाेभरमा बसन्त रेग्मीले अर्काे  विकेट झार्न सफल भए ।

ब्राकपछि खेल्न आएका डे लीडेलाई पनि सन्दीपले २८ औं ओभरमा नै आउट गरेपछि नेदरल्याण्डको टोली दबाबमा परेको छ ।

नेदरल्याण्डले जीतका लागि २१७ रनको लक्ष्य नेपालले प्रस्तुत गरेको छ ।

३२ ओभरको खेल सकिँदासम्म नेदरल्याण्डले ५ विकेट गुमाएर १२८ रन बनाएको छ । सोमपाल कामीले पहिलो ओभरको दोश्रो बलमा नै विकेट लिएपछि नेदरल्याण्डको टोली शुरुआतदेखि नै दबाबमा परेको थियो । दोश्रो विकेट भने ललित भण्डारीले लिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!