वाइडबडी विमानले आजैबाट उडान थाल्दै, घट्यो अन्तर्राष्ट्रिय भाडादर

काठमाडौँ, असार १४। नेपाल एयरलाइन्सले ल्याएको वाइड बडी विमानले पहिलो उडान काठमाडौँबात कतारको दोहा गर्दै छ। एयरबस ए३३० सिरिजको नयाँ जहाजको आज राति १० बजे काठमाडौंमा छुट्ने छ। एयरलाइन्सका अनुसार उक्त जहाजको उडान हप्तामा ३ दिन हुनेछ।

एयरलाइन्सले उक्त रुटमा नयाँ जहाजबाट यात्रा गर्दा नयाँ भाडादर सार्वजनिक गरेको छ। प्रवर्द्धनात्मक भनिएको उक्त भदा डर साबिककोभन्दा कम रहेको छ। एयरलाइन्सका अनुसार नयाँ र ठुलो जहाज भएकोले भाडादर केही सस्तोमा ल्याइएको जानकारी दिएको छ।
एयरलाइन्सले उक्त रुटमा एकतर्फी भाडादर ११ हजार र दुईतर्फी भाडादर १८ हजार रुपैयाँबाट सुरु हुने जनाएको छ।

नेपाल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको ‘अन्नपूर्ण’ नाम दिइएको उक्त जहाजको नेपाली दर्ता नम्बर ‘नाइन एन एएलवाई’ रहेको छ। भारतको नयाँ दिल्लीमा प्रुभिङ फ्लाट गरेको उक्त जहाजले व्यवासायिक रुपमा उड्न नागरिक उड्डय प्राधिकरणबाट उडान अनुमति (एओसी) पाएसकेको छ।

२७४ सिट भएको यो जहाजबाट लामो दुरीमा उडान गर्न मिल्ने भएपछि एयरलाइन्सले नयाँ गन्तव्यमा उडान गर्न पुर्ण तयारी नगरेपछि सुरुमा पुरानै गन्तव्यमा उडान थालनी गरेको छ।

साउन ११ गते आएको यही सिरिजको जहाज उडान अनुमति पाउने प्रक्रियामा रहेको छ। थाइल्यान्डको बैंककमा पनि वाइडबडीबाट उाडन गर्ने तयारी गरेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!