नेपालले रोज्यो ब्याटिङ, हेर्नुस् लाइभ

काठमाडौं, साउन १८ । नेपाल र नेदरल्याण्ड्सबीच भइरहेको अन्तिम एक दिवसीय खेल केहि बेरमा शुरु हुँदै छ । खेल नेदरल्याण्ड्सको भिआरए मैदानमा सुरु हुँदैछ । आज नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो ।

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई नेपालले १ सय ८९ रनमै अलआउट गरेको थियो। जवाफमा ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ र अनिलकुमार साहले २१ रन जोडेर पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। तर ब्याटिङमा जमेका रिप्पोन बलिङमा पनि उत्कृष्ट प्रदर्शन बन्दा नेपालको ब्याटिङ लाइन खराब रह्यो ।
आज नेपाल पहिलो खेलको खराब प्रदर्शनलाई सुधार गर्ने पक्षमा छ ।

घाइते भएका मध्यक्रमका ब्याट्सम्यान शरद भेशवाकरले आजको खेल गुमाएका छन् । उनको स्थानमा रोहितकुमार पौडेलले मौका पाएका छन् । प्रत्यक्ष खेल कान्तिपुर टेलिभिजनमा हेर्न सकिन्छ । केही बेरमा सुरु हुने लाइभ खेल हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!