अब बार्सिलोनाका कप्तान मेसी

अब बार्सिलोनाका कप्तान लियोनल मेसी हुने भएका छन् । बार्सिलोनाका नियमित कप्तान इनिएस्टा जापानिज क्लबमा गएपछि मेसी कप्तान भएका हुन् । बार्सिलोनाले प्रि-सिजन सकिए लगत्तै मेसीलाई कप्तानको जिम्मेवारी दिने बताइएको छ।

प्रि-सिजन टुरमा बार्सिलोनाले सर्जी रोबर्टो, राफिन्हा, ज्यास्पर सिलेसनलाई कप्तान बनाएको छ। मोरक्कोमा सेभियासँग हुने स्पेनिस सुपरकपको फाइनलअघि मेसीलाई उक्त जिम्मेवारी दिने तयारी क्लबले गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

मेसीपछि दोस्रो स्थानमा सर्जियो बुस्क्वेट तथा तेस्रो रोजाइमा डिफेन्डर जेरार्ड पिके छन्। इभान राकिटिक र जोर्डी आल्वाको समेत सम्भावना रहेको समाचारमा जनाइएको छ। लुइस स्वारेज र टेर स्टेगनलाई क्लबले चौथो रोजाइमा राखेको छ। -एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!