आमर्ट नेपालले निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

काठमाडौं । आमर्ट नेपालले निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ।

भक्तपुर मध्यपुर ठिमी मनोहरा १ सुकुम्बासी टोलमा सस्थाले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो ।

नदीको बाढी गाउँ पसेपछि सुकुम्बासी बस्तीमा महामारी तथा जोखिम नफैलियोस भन्ने उद्देश्यका साथ स्वास्थ्य शिविर सञ्चालन गरिएको संस्थाका सचिव सोफिया कार्कीले बताईन ।

स्वास्थ्य शिविर सबै किसिमको बिरामीको स्वास्थ्य परिक्षण गरिएको र जटिल समस्या भएका बिरामीहरूलाई अस्पतालमा रिफर गरिएको संस्थाका अध्यक्ष नवराज बहादुर विसीले वताए ।

स्वास्थ्य शिविरमा उपचार गराउन आउनेहरूका लागि निशुल्क औषधी समेत प्रदान गरिएको हो ।स्वास्थ्य शिविरमा करिव ३ सय जनाले स्वास्थ्य जाँच गराएका थिए ।

केही तस्वीरहरुको झलकहरु-

कमेन्ट गर्नुहोस्