रन–वेमा चिप्लियो रियाददेखि मुम्बई आइरहेको जहाज, सबै यात्रु सुरक्षित

रियाद । रियाददेखि मुम्बई आउने क्रममा रहेको जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ।

रियाददेखि टेकअफ गर्न विमानस्थलमा दौडिरहेको बेला विमानमा प्राविधिक खराबी आएपछि रनवेबाट विमान चिप्लिन पुगेको हो ।

जहाजले उडान गर्न नसकि चिप्लिएपनि त्यसमा रहेका १४२ यात्री र ७ क्रू सदस्य भने सुरक्षित रहेको जेट एयरवेजले जनाएको छ ।

आज शुक्रबार बिहान जेट एयरेवेजले विज्ञप्ती जारी गर्दै सबै यात्रु र क्रू सदस्यहरुलाई सुरक्षित निकालेर टर्मिनल भवनमा लगिएको जनाएको छ । सबै यात्रुलाई सहयोग गर्नुका साथै खाना र आवश्यक कुरा उपलब्ध गराइएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै घटना भारतको मुम्बईमा पनि भएको छ । मुम्बईदेखि दुबई जाने एयर इण्डियाको विमानमा पनि प्राविधिक खराबी आएपछि छत्रपति अन्तर्राष्ट्रिय एयरपोर्टमा यात्रुहरुले हंगामा नै गरे । एयर इण्डियाको विमानले बिहिबार नै उडान गर्नुपर्ने भएपनि शुक्रबार बिहानसम्म उडन नसकेपछि यात्रुहरुले होहल्ला गरेका हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!