श्रीमतीको पिटाइबाट मृत्यु

दोलखा, साउन १७ । घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीको पिटाइबाट श्रीमान्को मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ । मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!