प्रत्येक शुक्रबार हटलाइनमा उर्जामन्त्री

उर्जा, साउन १७ । जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्रत्येक साताको शुक्रबार दिउँसो १२ देखि १ बजेसम्म हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने कुरा उर्जा मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानेका छन्।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र मातहतका विद्युत प्राधिकरण र विद्युत विकास विभागलगायतका सेवाबारे उपभोक्ताको गुनासो सुन्न र यसबाट प्रभावकारी रुपमा सेवा प्रदान गर्नका लागि यो कार्यक्रमको सुरुवात भएको बताइएको छ।

खड्काका अनुसार निर्धारित एक घन्टाभित्र उर्जामन्त्रीसँग निशुल्क हटलाइन नम्बर ११५१ का साथै ०१–४२००६४१र४२ मा समेत प्रत्यक्ष कुराकानी गर्न सकिनेछ। उक्त हटलाइनमार्फत् गरिएका गुनासाहरू तत्काल सबोधन गरिने जनाइएको छ। त्यसकालागि सम्बन्धित निकायलाई तुरुन्त निर्देशन दिइने समेत बताइएको छ।

प्रेस संयोजक खड्काले उर्जामन्त्रालय मातहतका निकायका बारेमा केही गुनासा भए माथि उपलब्ध नम्बरहरूमा फोन गर्न सकिने समेत बताएका छन् । उक्त हटलाइन भोलिबाट नै सुचारु हुने समेत बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!