पोष्टमार्टम रिपोर्टमा बालिकाको घाँटी थिचेर हत्या : गृहमन्त्री

काठमाडौं, साउन १७ । कञ्चनपुरको भीमदत्तनगरमा बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन १० गते १३ वर्षकी निर्मला पन्तको हत्या भएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएको थियो ।

प्रहरीले पीडित परिवारले दिएको उजुरीको आधारमा कैलालीको मोहन्याल गाउँपालिका ५ का २२ वर्षीय जीवन घर्तीमगर र १७ वर्षीय दीपक नेगीलाई पक्राउ गरेको गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार संसदलाई जानकारी गराएका छन् ।

बिहीबार बसेको संसदको बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले कञ्चनपुर घटनाबारे सरकारको जवाफ माग गरेका थिए । संसदमा जवाफ दिदै गृहमन्त्रीले पोष्टमार्टम रिपोर्टमा बालिकाको घाँटी थिचेर हत्या भएको पाइएको बताए ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा १० कक्षामा पढ्ने निर्मला ट्युसन पढ्न गएकी तर अबेर रातिसम्म नफर्किएपछि परिवारले राति १० बजे प्रहरीलाई खबर गरेका थिए । उनको शव उखुबारीमा भेटिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!