४ बालिकासहित ११ महिलाको उद्धार, तस्करमा संग्लन एकै घरका ८ जना पक्राउ !

एजेन्सी, साउन १७ । भारतको हैदराबादबाट यौन कार्यका लागि बन्धक बनाइएका चार बालिकासहित ११ महिलाको उद्धार गरिएको छ । उद्धार गरिएका ११ मध्ये चार ४ बालिका ७ वर्षभन्दा कमका रहेको प्रहरीले जनाएको छ ।

कलिलै उमेर भएका बालिकालाई हर्मोन दिएर छिट्टै जवान बनाई देह व्यापारमा संग्लन बनाइने गरिन्छ । यहि कार्यमा संग्लन रहेको अवस्थामा एकै परिवारका ८ जना प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई पक्राउ गरेसँगै देह व्यापारका लागि खरिद गरेका ४ बालिकालाई पाँच लाखमा किनिएकाे रहस्यसमेत खुलेको छ ।

पक्राउ गरेका ८ मध्ये ६ जना मानव तस्कर रहेको प्रहरीले बताएको छ । स-साना बालिकालाई खरिद गरि उनीहरुलाई छिटो जवान बनाउन तस्करले चिकित्सकसमेत राख्ने गरेको पनि प्रहरीले पत्ता लगाएको छ ।

बालिकालाई चाँडो जवान बनाउन चिकित्सकले हर्मोन र इन्जेक्सन लगाउने गरेका प्रहरीले जनाएको छ । उद्धार गरिएका सबै बालिका तथा महिलालाई घर फिर्ता गरिएका छन् । उद्धार गरिएका ११ महिला कुद देशका हुन् भन्नेबारे अहिलेसम्म खुलाइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!