कांग्रेसले तीन दिन पार्टीको झन्डा झुकाउने

काठमाडौं, साउन १७ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद स्व. कृष्णकुमार जोशीको सम्मानमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने भएको छ । पार्टी केन्द्रीय समितिको बुधबार बसेको आकस्मिक बैठकले १६, १७ र १८ साउनमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले १७ साउनमा केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय पनि गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस जिल्ला कार्यसमिति बैतडीका संस्थापक सभापतिसमेत रहेका जोशीको मंगलबार निधन भएको थियो । जोशीले संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!