वर्षा सुरुसँगै सेती किनारमा भागदौड

तनहुँ, साउन १७ । सेती नदी कटानका कारण केही वर्षयता तनहुँ भीमादका दर्जनभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । बर्सेनि हुने नदी कटान र व्यवस्थित तटबन्ध अभावले भीमाद नगरपालिका क्षेत्रमा सामान्य झरी पर्नासाथ स्थानीयमा भागदौड मच्चिन्छ । पानी पर्नासाथ भीमादवासी सुरक्षित वासको खोजीमा भौँतारिने गरेका छन् ।

भीमाद नगर क्षेत्रमा मात्रै दुई सय घर नदी कटानको उच्च जोखिममा छन् । सेतीनदी नियन्त्रणका लागि नगरपालिकाले दश लाख छुट्याए पनि अपुग भएको नगरपालिकाले जनाएको छ ।

भीमाद-६ का अध्यक्ष श्यामसुन्दर जोशीले भने, ‘यतिले नदी नियन्त्रणका लागि तारजाली लगाउन पनि पुग्दैन ।’ स्थानीय धु्रव भण्डारीका अनुसार सेतीनदीको बहाव बढ्नेबित्तिकै जमिन कटान सुरु हुन्छ । सेतीनदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष रूपबहादुर शाहीले यस क्षेत्रमा बर्सेनि नदीले कटान गर्दा कैयौँ घर जोखिममा रहेको बताए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!