सिंहदरबारमा जारको पानी बेच्दै खानेपानी संस्थान !

काठमाडौं, साउन १७ । काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ । संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको हो । उसले हाल गृह मन्त्रालयलगायत अन्य केही कार्यालयमा जारको पानी बेचिरहेको छ ।

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले आफूहरूले उत्पादन गरेको पानीको माग बढेको बताए । तर, जनशक्ति अभावका कारण दैनिक १ सय ५० जार मात्रै उत्पादन गर्दै आएको बताए ।

‘हामीले पानी उत्पादन गर्ने थाहा पाएर कर्मचारी सञ्चय कोषले माग गरेको छ, छिटै सप्लाई गर्दै छौँ,’ प्रसादले भने । उनका अनुसार संस्थानको पनौतीस्थित प्लान्टबाट दैनिक पाँच सय जार पानी उत्पादन गर्न सकिन्छ ।

बजारमा अन्य कम्पनीले उपलब्ध गराएकोभन्दा सुरक्षित र गुणस्तरीय भएकाले आफूहरूको पानीको माग बढी भएको महाप्रबन्धक प्रसादले दाबी गरे । संस्थानका मिनरल वाटर आयोजना प्रमुख मोहनदत्त भट्ट पानीको गुणस्तरमा निकै सावधानी अपनाएको बताउँछन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!