गंगामायाद्वारा न्यायाधीश शर्मा विरुद्ध उजुरी

काठमाडौं, साउन १७ । छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्लो पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहिको माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गरेकी छन् ।

हत्याका आरोपित छविलाल पौडेल न्यायीक हिरासतमा बसेसंगै न्यायाधीश शर्माले मुद्धा प्रभावित पार्न विभिन्न गतिविधि गरेको भन्दै अधिकारीले न्यायपरिषद्लाई छानविन गरि कारवाहीको माग गरेकी हुन् । अनुचित प्रभावमा परी न्यायाधीशको आचरण प्रतिकुल हुने गरी काम गरेको भन्दै न्यायपरिषदमा मंगलबार अधिवक्ता पुष्पराज पौडेलले उजुरी दर्ता गरेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!