पौडेलको आरोप – सरकार लुटिएका जग्गा पास गर्ने राणनीतिमा लाग्यो

तनहुँ, साउन १७ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सशस्त्र द्वन्द्वकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा लागेको आरोप लगाएका छन् । तनहुँको व्यास नपा-१४ स्थित फिन नयाँ गाउँ खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बुधबार उनले माओवादी द्वन्द्वकालमा लुटेका जग्गा पास गराउने खेलमा वर्तमान सरकार लागेको आरोप लगाएका हुन् ।

वर्तमान सरकारले एकपछि अर्को अराजनीतिक परिस्थितिहरु सिर्जना गर्दै गएको भन्दै उनले सरकारको बल मिचाइ प्रतिपक्ष काँग्रेसलाई मान्य नहुने बताए । सो खानेपानी योजना १५ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो । बुधबार नै काँग्रेस वरिष्ठ नेता पौडेलले तनहुँको भादगाउँ, पोखरी भञ्ज्याङलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गरे । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!