कक्षा १२ को नतिजा आज

भक्तपुर, साउन १७ । कक्षा १२ को नतिजा आज (बिहिबार) सार्वजनिक हुने भएको छ । हिजो प्रकाशित गर्ने भनिए पनि प्राविधिक कारणले आज मात्रै नतिजा सार्वजनिक गरिने भएको हो ।

आज नतिजा सार्वजनिक गर्नु अघि बिहान ८ बजे परीक्षा बोर्डको बैठक डाकिएको छ । बुधबार बेलुका अन्तिम तथ्याङ्क रुजु गरेर भएका सबै त्रुटि सच्याईएकाले आज नै परिक्षाफल प्रकाशित गर्ने बोर्डले जनाएको छ ।

गत बैशाखमा भएको परीक्षामा ४ लाख विद्यार्थीले सहभागि छन् । यस अघि पहिलो चरणमा बिज्ञानको मात्रै नतिजा सार्वजनिक हुनेमा यसपटक सबै विषयको नतिजा एकैपटक सार्वजनिक गरिने बोर्डले जनाएको छ ।  परीक्षाफल www.neb.ntc.net.np मा हेर्न सकिने छ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!