उपचारको लागि सहयोगको अपिल

काठमाडौ ,साउन १६। रामेेछाप जिल्ला बेताली गाबिस बस्ने उर्मिला कार्कीले आफ्नो उपचारको लागि सहयोग गर्दिन आग्रह गरेकी छन्।

रत्तन्धो रोग भन्दा भिन्न प्रकारको रोग रातिमा आँखा नदेख्ने रोग लागेपछि उपचारको लागि झन्डै पच्चीस लाख लाग्ने भएपछि उक्त रकम जोहो गर्न नसक्ने भएको र आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुदा आफ्नो उपचारको लागि सहयोग गरिदिन उनले आग्रह गरेकी हुन्।

नेपालमा उपचार नहुने र उपचारको लागि बिदेश जानु पर्ने नेपाली आखा अस्पतालले जानकारी दिएपछि उनले अपिल गरेकी हुन्। दुबै आखाको अप्रेसन पछि मात्रै उनले पहिलेको जस्तै आँखा देख्न सक्ने डाक्टरहरुले बताउदै आएका छन्।

देश तथा बिदेशमा रहेका नेपालीहरु लाई सहयोगको लागि उनको एन आई सि एसिया ( NIC ASIA ) बैंक मा रहेको उर्मिला कार्की नाममा रहेको खाता 1054412704524001 खाता नम्बरमा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरेकि छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!