सुनिता दुलालको ‘तीज भनेकै नाँच्न गाउन हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन १६ । चर्चित गायिका सुनिता दुलालको तीज गीत ‘तीज भनेकै नाँच्न गाउन हो’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा दुलालले बोलको तीज गीत ल्याएकी हुन् ।

गीतमा रमेश बिजीको शब्द र बिपी अनुरागीको संगीत रहेको छ । कमल राईको निर्देशनमा बनेको भिडियोलाई मधुर बस्नेतले छायांकन गरेका छन् भने सम्पादन निशान घिमिरेको रहेको छ । भिडियोमा गायिका दुलालसंगै अन्यले साथीहरुको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!