कप्तान पारस खड्काले लिए दोस्रो विकेट

काठमाडौं, साउन १६ । नेपाल पहिलो एकदिवसीय क्रिकेट अन्तर्गत अहिले नेदरल्याण्डस्सँग उसकै घरेलु मैदानमा खेलिरहेको छ ।

नेपालका लागि कप्तान पारस खड्काले दोस्रो विकेट लिएका छन् । सातौं ओभर बलिङ गर्न आएका पारसले तेस्रो बलमा नेदारल्याण्डसको दोस्रो विकेट लिएका हुन । यस अघि सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिएका लिए ।

नेदरल्याण्डस् अहिले ९ ओभरमा २ विकेटको क्षतिमा ५१ रन बनाएर खेलिरहेको छ ।

आम्सडर्ममा पौने ३ बजे शुरु भएको खेलमा नेदरल्याड्सले टस जितेर पहिला व्याटिङ रोजेको थियो ।

नेपालका फास्ट बलर सोमपाल कामीले तेस्रो ओभर बलिङ गर्दै नेदारल्याण्डसको टेर ब्राक पहिलो विकेट झारेका छन् । आज पहिलो पटक एकदिवसीय किक्रेट खेल्दै छ भने नेदरल्याण्डस् चार वर्षपछि एकदिवसीय म्याच खेल्दै छ ।

गएको फागुनमा जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट खेल अन्तर्गत पपुवानियुग्यनीलाई पराजित गर्दै नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको हो ।

यसअघि नेपाल र नेदरल्याण्डस् पाँच पटक आम्नेसाम्ने भएका थिए । जसमा नेदरल्याण्डस् तीन पटक र नेपाल दुईपटक विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!