१ महिना जेल सजाए सुनाएका व्यक्ति २५ वर्षपछि पक्राउ !

लमजुङ, साउन १६ । पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट एक महिना कैद र एक हजार रुपैयाँ जरिवाना गरिएपछि फरार रहेका बेँशीसहर नगरपालिका-११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीब्रता दिएको छ । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!