नेपाल आज एकदिवसीय खेलमा डेब्यू गर्दै, नेदरल्याड्ससँग नेपालको विगत तितो कि मिठो ?

काठमाडौं, साउन १६ । आज नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन। कसरी आज नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन ? यस्तो प्रश्न कहिँ कतैबाट आउन सक्छ । यो प्रश्नको एक मात्रै जवाफ छ- नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २० वर्षपछि आज (बुधबार) एकदिबसीय खेलमा डेब्यू गर्नु । आज हुने नेपाल र नेदरल्याड्सबीचको खेल नेपाली समयअनुसार २ः४५ बजे हुनेछ

साढे चार महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको थियो। नेपालले आज (बुधबार) नेदरल्यान्ड्ससँग एकदिवसीय खेल खेलेर इतिहास बनाउन लागेको हो ।

नेदरल्यान्ड्सको निमन्त्रणामा आम्सटर्डम पुगेको नेपाली टिमको नेतृत्व पारस खड्काले गर्नेछन्। नेपाली क्रिकेटको कप्तानी सम्हालेको १ दशक पुग्न लाग्दा खड्काले धेरै सफलताको स्वाद दिइसकेका छन् ।

आज उनका लागि अर्को स्वाद चखाउने मौका मिलेको छ । ऐतिहासिक खेल खेल्न पाउँदा समग्र नेपाल खुसी भएको छ । खेलाडीमा झनै खुसी भरिएको छ । उनीहरु पहिलो पटक एकदिबसीय खेलमा डेब्यू गर्न पाउँदा निकै उत्साहित छन् ।

पहिलो एकदिवसीय खेललाई लिएर कप्तान पारस खड्का अत्यधिक उत्साहित छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई भनेका छन्, ‘हामी सधैं चुनौति स्विकार गर्दै अघि बढ्न चाहान्छौं। ८ वर्षअघि हामी डिभिजन-५ खेलिरहेका थियौं। अहिले हामी विश्वकपको उत्कृष्ट १६ टिम भित्र छौं। चार वर्षका लागि एकदिवसीय मान्यता पनि पाएका छौं।’

एकदिवसीय मान्यता पाएर पहिलो खेल खेल्न लागिरहेको नेपाली टिम ८ वर्षको अन्तरमा अनुभवी समेत बन्दै गइरहेको छ। तर नेपालले पहिलो एकदिवसीय खेल खेल्न लागेको नेदरल्यान्ड्स बढी अनुभवी छ। चार वर्षअघिसम्म उसले ७९ एकदिवसीय खेलिसकेको थियो।

 

नेदरल्यान्ड्सको टिममा कप्तान पिटर सिलार, वेस्ली बारेसी, स्टेफिन माइबुर्घ, म्याक्स ओडोउड, मिचेल रिप्पफक्षन र पाउल भान मीकेरेन जस्ता प्रतिभावान खेलाडी छन् । नयाँ खेलाडीले पनि डच टिम थप बलियो बनेको छ। त्यसैले नेपालका लागि पहिलो एकदिवसीय खेल अवसरसँगै चुनौती पनि छ।

हेड टु डेड
नेपाल र नेदरल्याड्सबीचको विगत कस्तो छ ? यो प्रश्नको जवाफ यस्तो छ-

विश्वकप छनोट, जिम्बावे, मार्च -२०१८
नेदरल्यान्ड्स-१८९- ९
नेपाल-१४४
नेदरल्यान्ड्स ४५ रनले विजयी

डब्लुसिएल च्याम्पियनसिप, अगस्ट २०१६
नेपाल- २१७-९
नेदरल्यान्ड्स- १९८
नेपाल १९ रनले विजयी

डब्लुसिएल च्याम्पियनसिप, अगस्ट २०१६
नेपाल-९४
नेदरल्यान्ड्स-९६-३
नेदरल्यान्ड्स ७ विकेटले विजयी

डिभिजन-२, जनावरी २०१५
नेदरल्यान्ड्स -१५८
नेपाल-१५९-८
नेपाल २ विकेटले विजयी

विश्वकप छनोट सातौं स्थान प्लेअफ, जनावरी २०१४
नेपाल-१७१-९
नेदरल्यान्ड्स-१७२-३
नेदरल्यान्ड्स ७ विकेटले विजयी

कमेन्ट गर्नुहोस्