१४ वर्षअघि भारतमा मोहन वैद्यको गिरफ्तारीपछि बाबुराम भट्टराईले लेखेका थिए यस्तो

माओवादी सशस्त्र संघर्षमा किरणको गिरफ्तारी एउटा निर्णायक क्षण थियो । यदि उनीहरु जेल नपरेको भए... । अहिले पनि कतिपयले त्यो अवस्था रहेको भए के हुन्थ्यो भनेर आकलन गर्ने गरेका छन् ।

त्यसो त यो लेखको कुनै सन्दर्भ अहिले छैन । बाबुराम भट्टराई माक्र्सवादलाई नै तिलाञ्जली दिएर नयाँ शक्ति नेपालका संयोजक बनेका छन् । मोहन वैद्य किरण नयाँ जनवादी क्रान्तिका कार्यभार पुरा भएका छैनन् भन्दै सानो समूहको नेतृत्व गरेर बसेका छन् । माओवादी आन्दोलनको मूलधार र एमालेबीच पार्टी एकता भएको छ । विप्लवले नेतृत्व गरेको अर्को माओवादी पार्टीले एकीकृत क्रान्तिको कार्यदिशा समातेको देखिन्छ ।

नेपालमा २०३५ सालदेखि बलशाली हुँदै आएको माओवादी आन्दोलन उत्कर्षमा पुगेको बेला भारतमा तत्कालिन माओवादीका शीर्ष नेता मोहन वैद्य र सिपी गजुरेल पक्राऊ परे । यो पक्राउमा बाबुराम भट्टराईको हात थियो भन्ने आरोप पनि चर्कियो त्यो बेला । बाबुरामले भने यसको खण्डन गर्दै आए ।

माओवादी सशस्त्र संघर्षमा किरणको गिरफ्तारी एउटा निर्णायक क्षण थियो । यदि उनीहरु जेल नपरेको भए… । अहिले पनि कतिपयले त्यो अवस्था रहेको भए के हुन्थ्यो भनेर आँकलन गर्ने गरेका छन् ।

तर त्यो इतिहास थियो ।

आज भन्दा १४ वर्ष अघि बाबुराम भट्टराईले अमेरिकाबाट प्रकाशित हुने नेपालीपोष्ट अनलाईनमा किरणको गिरफ्तारीका बारेमा एउटा लेख लेखेका थिए । इतिहास सम्झिन चाहनेहरुका लागि लाभदायी हुने ठानेर यो लेख जस्ताको तस्तै यहाँ प्रकाशित गरिएको छ ।

क. किरणको कब्जाले उठाएका प्रश्नहरु
डा. बाबुराम भट्टराई
अप्रिल ०५, २००४

गत चैत्र १५ गते भारतको प्रतिक्रियावादी सत्ताले हाम्रो पार्टीको स्थायी समितिका सदस्य तथा वरिष्ठ नेता क. किरण (मोहन वैद्य) लाई सिलीगुढीबाट आफ्नाे कब्जामा लिएपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ठूलो हलचल पैदा भएकोे छ । क्रान्तिका दुश्मनहरु यो घटनाबाट निकै हौसिएका छन् भने सम्पूर्ण लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरुमा यसले ठूलो आक्रोश र प्रतिशोेधको भावना पैदा गरेको छ । साथै यस घटनाले कतिपय वृत्तमा केही महत्वपूर्ण प्रश्न र जिज्ञासा पनि पैदा गरेको पाइएको छ ।

निश्चय नै गत आठ वर्षको युगान्तकारी जनयुद्घको क्रममा दुश्मनको कव्जामा पर्नेहरुमध्ये क। किरण नै वरिष्ठतम् नेता भएकाले यसले दुवै दुश्मन र मित्र पंक्तिमा ठूलै प्रतिक्रिया उत्पन्न गर्नु स्वाभाविक हो । परन्तु जुनसुकै देशको क्रान्ति पनि भीषण प्रतिक्रान्तिसँग जुझ्दै अघि बढ्ने शाश्वत नियमसँग परिचित क्रान्तिकारीहरुले भने यस घटनालाई त्यति अप्रत्याशित र अस्वाभाविक ठान्ने कुरो हुँदैन । वरु हाम्रो पार्टीले आन्तरिक रुपमा हमेशा के मूल्यांकन गर्दै आइरहेको छ भने हामीले अहिलेसम्म त्यति ठूलो क्षति व्यहोर्नु परेको छैन र क्रान्ति सम्पन्न हुने बेलासम्म अझै ठूलो र धेरै क्षति भोेग्न भौतिक र मानसिक रुपले हामी तयार हुनैपर्छ । त्यस अर्थमा क। किरणको गिरङ्खतारीले हाम्रो क्रान्ति नयाँ र उच्च चरणमा प्रवेश गरेको संकेत गरेको छ र सोही अनुरुपको राजनैतिक, फौजी र सांगठनिक तयारी गर्न हामीलाई महत्वपूर्ण दिशानिर्देश गरेको छ ।

आखिर यतिवेला नै क। किरण दुश्मनको कब्जामा पर्नुको के रहस्य हुनसक्छ रु गत फागुन २० गते भोजपुर र चैत्र ७ गते वेनीमा जनमुक्ति सेनाले सफल फौजी कार्वाही गर्नु र आगामी चैत्र २४, २५, र २६ गते पार्टी, सेना र मोर्चाको तर्फवाट ‘नेपाल वन्द‘ को भव्य तयारी भैरहनुसंग यो घटनाको कुनै तारतम्य होला कि नहोला रु हाम्रो विचारमा अवश्य छ । किनकि मुख्यतः बेनी कार्वाहीपछि हाम्रो आन्दोलनलाई फौजी हिसावले परास्त गर्ने प्रतिक्रियावादी सपना चकनाचूर भएको छ । वास्तवमा फौजी रणनीतिका जानकारहरुकानिम्ति बेनी कार्वाहीले जनयुद्घको रणनैतिक सन्तुलनवाट रणनैतिक प्रत्याक्रमणमा संक्रमणकोे महत्वपूर्ण कोसेढुंगाको प्रतिनिधित्व गर्दछ ।

यो स्थितिमा दुश्मनको निम्ति बाँकी रहेको अन्तिम रणनीति भनेको क्रान्तिको नेतृत्वलाई भौतिक रुपले नष्ट गर्नु वा कब्जा गर्नु हो । भलै क्रान्तिकारी आन्दोलनको नेतृत्वलाई खतम गर्ने वा कब्जा गर्ने दुश्मनको रणनीति शुरुदेखि अन्त्यसम्म नै कायम रहिरहन्छ । तैपनि हाम्रो आन्दोलनको सन्दर्भमा दुश्मन त्यो रणनीतिमा अहिलेसम्म त्यति सफल हुन सकिरहेको थिएन र शायद त्यसै कारणले हामीमा पनि दुश्मनलाई कार्यनीतिक रुपले समेत हेप्ने र नेतृत्वको रक्षाको प्रश्नमा अनावश्यक हेलचक््रयाइँ गर्ने कमजोरी हुर्कीरहेको थियो । यसरी राजनैतिक र फौजी दुवै ढंगले पराजित भएर हतास हुँदै गएकोे दुश्मनले क्रान्तिको उच्च नेतृत्व पंक्तिमाथि आक्रमण केन्दिूत गर्ने अन्तिम योजनाको थालनी स्वरुप यो घटना घटेको र दुश्मनको निम्ति बढी अनुकुलको क्षेत्र सिलिगुढी इलाका हुनाले क. किरण त्यसको पहिलो शिकार बन्नुभएको वस्तुगत तथ्यलाई बुझ्न क्रान्तिकारीहरु सक्षम हुनैपर्छ । क्रान्तिको नयाँ चरणमा विकासको वस्तुगत परिस्थिति र आकस्मिकताको कुल योग नै क। किरणको अप्रत्याशित गिरफ्तारी हो भन्ने बुझ्न कसैलाई कुनै कठिनाइ हुनुहुदैन ।

साथै क्रान्तिकारी आन्दोलनको तीव्र अग्रगतिका अतिरिक्त संसदवादी पार्टीहरुको चैत १९ गतेदेखि चलिरहेको राजतन्त्रविरोधी आन्दोलनको पूर्वसन्ध्यामा यो घटना घट्नुले नेपाल र भारतका प्रतिक्रियावादी शासकवर्ग वीचको लामो समयदेखिको अपवित्र गठवन्धनको पोल पनि पुनः एक पटक सबैले बुझ्ने गरी खोल्न यसले थप मद्दत गरेकोे छ । नेपालमा लामो समयदेखि राजावादी, संसदवादी र क्रान्तिकारी जनवादी शक्ति बीचमा त्रि९पक्षीय राजनैतिक द्घन्द चल्दै आइरहेको भए पनि केही समययता त्यो द्घन्दले राजावादी र राजतन्त्रविरोधी लोकतान्त्रिक शक्ति बीचको द्धिपक्षीय द्घन्दको रुप लिंदै गैरहेको थियो ।आफ्ना कतिपय मतभिन्नता र आशंकाका वावजुद क्रान्तिकारी जनवादी र संसदवादी शक्तिहरु बीचमा निरंकुश राजतन्त्रको विरुद्घमा आआफ्नै ढंगले संयुक्त प्रहार केन्दिूत गर्ने हालैको समझदारीले आम जनसमुदाय बीचमा ठूलो हौसला सिर्जना गरेको थियो र त्यसवाट निरंकुश राजतन्त्रवादी शीक्तहरुको होसहवास गुमिरहेको थियो ।

यो स्थितिमा भारतीय शासकवर्गको विशेष सक्रियतामा क। किरणको गिरफ्तारीले दरवार हत्याकाण्ड पछिको नेपाली नव (राजतन्त्र र ‘अखण्ड)भारत’ वादी प्रतिक्रियावादी भारतीय शासकवर्ग बीचको लगनगाँठोको पर्दाफास राम्ररी नै भएको छ । त्यसो त २००७ सालदेखि नै हमेशा नेपालको ढल्न लागेको राणा र शाहवंशको भयदोहन गरेर आङ्खनो स्वार्थ पूर्ति गर्ने र नेपाली जनताको लोकतान्त्रिक आकांक्षामाथि कुठाराघात गर्ने भारतीय शासकवर्गको परम्परागत चरित्र नै रहँदै आएको छ ।

त्यसरी नै अरु बेला फोस्रो मण्डले राष्टूवादको राग अलापे पनि अन्ततः दिल्ली दरबारको पाउ पूजेर आफ्नो गद्दी जोगाउने नेपालका शासकवर्गहरुको सुगौली सन्धीदेखिको परम्परा रहँदै आएको छ । त्यसैले अहिले संसदवादी र क्रान्तिकारी जनवादी शक्तिहरुले राजतन्त्रका विरुद्घ निर्णायक संघर्ष गर्न लागेको वेलामा कर्णाली लगायतका महत्वपूर्ण नदीनाला र अन्य सामरिक महत्वका विषयमा राष्टूघाती सम्झौता गर्ने भित्री सहमतिका साथ क। किरणमाथि हात हालिएको हो भने त्यसको मूल्य नेपाल र भारतका शासकवर्गले राम्रैसँग तिर्नुपर्नेछ । त्यस अर्थमा क। किरणको यतिवेला गिरफ्तारी लोकतान्त्रिक आन्दोलनको हिसावले मात्र नभएर राष्टिूयताको हिसावले समेत अत्यन्तै गम्भीर विषय होे भन्ने सवैले राम्ररी बुझ्न जरुरी छ ।

कतिपय राजनैतिक र संचार वृत्तमा चाहिं घटनाको भित्री अन्तरवस्तुलाई केलाएर हेर्ने भन्दा पनि वाहिरी सतही कुराहरुमा वगेर क। किरणको गिरफ्तारीले माओवादी र भारतीय शासकवर्ग बीचको कथित साँठगाँठको पोल खुलेको र अब भारतीय शासकवर्गको धोका पछि वि।पी। कोइरालाले झैं माओवादीहरुले पनि राजा समक्ष आत्मसमर्पण गर्नुपर्ने भन्ने खालको तथ्यविहीन, गैर९जिम्मेदार र आपत्तिजनक आग्रह व्यक्त भएको पाइएको छ । सामान्य लाटाले पनि बझ्नु पर्ने कुरा के हो भने वर्तमान घटनाक्रमवाट हामी माओवादीहरुको होइन कि नेपाली राजतन्त्रको भारतीय शासकवर्ग संगको अराष्टिूय सांठगांठको पर्दाफास भएको छ र लोकतन्त्रविरोधी र विदेशी दलाल राजतन्त्रसँग सम्झौता होइन निर्मम र निर्णायक संघर्ष गर्नु हामी माओवादी क्रान्तिकारीहरुको थप दायित्व वनेको छ ।

जहाँसम्म भारतको सिलीगुडीबाट क. किरण गिरफ्तार भएको कुरा छ त्यसमा हामी लज्जित हुनुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामी अन्तर्राष्टिय सर्वहारावादीहरुका निम्ति कुनै पनि देशमा वर्गीय हिसावले दुश्मन र मित्र शक्ति दुवै हुन्छन् र हाम्रा मित्र वर्गहरुको अंशको भूभागलाई आवश्यकता अनुसार प्रयोग गर्नु हामी आफ्नो अधिकार ठान्छौं । हामी क्रान्तिको आवश्यकता अनुसार विश्वको कुनै पनि देशको भूभागमा हाम्रा मित्र वर्गहरुको सहयोग र संरक्षणमा बस्न सक्छौं र त्यहाँ रहँदा त्यहाँका शत्रु वर्गहरुको खतरा मोल्नु स्वाभाविक हुन्छ ।

हाम्रो आन्दोलनको वैचारिक र राजनैतिक धरातल तथा तत्कालीन संयुक्त जनमोर्चाद्घारा प्रस्तुत ४० सूत्रीय कार्यक्रममा अभिव्यक्त राष्टिूयता, जनतन्त्र र जनजीविकाका प्रश्नहरुलाई राम्ररी बुझेकाहरुले के हेक्का राख्नुपर्दछ भने हामी वर्तमान साम्राज्यवादी विश्वमा एकैसाथ सामन्तवाद र साम्राज्यवादरविस्तारवादसँग लडेर मात्र जनवादी क्रान्ति पूरा गर्न सकिन्छ भन्ने विश्वासका साथ यो जीवनमरणको कठीन मार्गमा सचेत ढंगले होमिएका छौं र त्यो अभिष्ट पूरा नभएसम्म हामी निरन्तर क्रान्तिको मार्गमा डटिरहनेछौं । त्यसैले भित्री वा वाहिरी दुश्मनमध्ये कुनै एकसँग वा दुवैसँग कुनै पनि वहानामा आत्मसमर्पण गर्ने कुराको हामी सपनामा पनि कल्पना गर्न सक्दैनौं ।

फेरि पनि पुँजिवादी लोकतन्त्रले समेत पूर्णता प्राप्त गर्न नसकेको वर्तमान नेपाली सन्दर्भमा सामन्ती तथा दलाल राजतन्त्र नै हाम्रो प्रमुख दुश्मन हो र त्यसैका विरुद्घ नै मुख्य आक्रमण केन्दिूत गर्न हामी कृतसंकल्प छौं । दुइ ठूला छिमेकीहरुको चेपुवामा परेको विशिष्ठ भूराजनैतिक स्थितिलाई मध्यनजर गर्दै हामीले भोलिको लोकतान्त्रिक गणतन्त्रमा सवैसँग र विशेषतः नजिकका छिमेकीहरुसँग पंचशीलको सिद्घान्तका आधारमा शान्तिपूर्ण सह९अस्तित्व र मैत्रीसम्वन्ध कायम गर्ने सार्वजनिक प्रतिवद्घता व्यक्त गरिसकेका छौं, जसलाई तत्कालीन कटु अनुभवका भरमा उत्तेजनामा आएर तिरस्कार गर्ने गल्ती हामी गर्न सक्दैनौं । परन्तु कसैले हाम्रो सिद्घान्तनिष्ठता र इमान्दारीलाई कमजोरी ठानेर हामीमाथि जाइलाग्न आउँछ भने आत्मरक्षामा प्रतिकार गर्न हामी वाध्य छौं ।

सारांशमा, क. किरणको गिरफ्तारी तत्कालीन हिसावले हाम्रा निम्ति जतिसुकै पीडादायी भएपनि यो नेपाली जनक्रान्तिको नयाँ तथा उच्च चरणमा विकासको सूचक हो र त्यस अर्थमा यो नकारात्मक परिघटनालाई सकारात्मक क्रान्तिकारी उर्जामा परिणत गर्न हामीले उचित ध्यान दिनैपर्छ । हाम्रा वरिष्ठ कमरेडको गिरफ्तारीले आम पार्टी पंक्तिमा मात्र होइन सर्वसाधारण जनसमुदायमा समेत हाम्रा देशी तथा विदेशी दुश्मनका विरुद्घ जुनप्रकारको घृणा र आक्रोशको लहर पैदा गरेको छ त्यसले जनक्रान्तिको ज्वालामा अरु ऊर्जा थप्ने निश्चित छ । क. माओले भने झैं प्रतिक्रियावादीहरुले जनताविरुद्घ उचालेको ढुंगो अन्ततः उनीहरुकै खुट्टामा वज्रन्छ र यहाँ पनि वज्रने निश्चित छ । क्रान्तिकारी विचारलाई हत्या गरेर वा जेलमा थुनेर रोक्न सकेको इतिहास कतै छैन । शारीरिक रुपले निकै अस्वस्थ क. किरण दुश्मनको कब्जामा परे पनि वहाँको क्रान्तिकारी विचारले हाम्रो आन्दोलनलाई सधैं ऊर्जा दिइरहनेछ ।

कमेन्ट गर्नुहोस्