प्रचण्ड अर्थात् एउटा वेग, अब के हुन्छ उनको भविष्य ?

– भीष्म थापा 

नेपाली राजनीतिमा केही सीमित पात्र छन् जसले इतिहासका हरेक पानाबाट आफूलाई जोगाउँदै एकपछि अर्को अध्याय लेख्न सफल भएका छन् । यस्तै एउटा पात्र हुन, प्रचण्ड । जसले दायाँ, बायाँ, माथि र तल, चौतर्फीरुपमा चलेको आँधीलाई छिचोल्दै हरेक मोर्चामा सफलता प्राप्त भएका छन् ।

इतिहासमा कैयाैं निर्मम पलहरु ब्यहोरे प्रचण्डले । सम्भवतः उपनाम राख्ने चलन चलेको बेला उनले निकै सोचेरै यो नाम राखेका हुनुपर्छ । प्रचण्ड अर्थात् एउटा वेग र गति । र, यही नाम अनुरुप नै उनी सधैं अग्रमोर्चामा देखिए । अग्रमोर्चामा प्रचण्ड गतिका साथ ।

मोहन वैद्यले आफ्नो नेतृत्व कायम राख्न नसकेको बेला उदाएका थिए प्रचण्ड । मोहनबिक्रम अर्का प्रचण्ड थिए त्यो बेला । खासगरी सैद्धान्तिक बहसका लागि मोहनबिक्रम उग्र थिए । शब्दवाणहरु निकै चल्थे उनका । मोटो मशाल र पातलो मसालबीचको विवाद कायम थियो । पाँचौ महाधिवेशनका बारेमा दुबैपक्षबीच चर्को बहस थियो । यही बीचमा सेक्टर काण्ड घटेपछि प्रचण्डले माओवादी आन्दोलनको कमान लिए ।

र, यो कमानमा उनको कमाण्ड दरिलै देखियो । एकपछि अर्को गर्दै शक्ति बटुल्दै गए उनी । एकता केन्द्रसँगको एकता अर्को यस्तै ‘माइलस्टोन’ थियो । पातलो मसाल  झन-झन पातलिँदै थियो र मोटो मशाल २०५१ सम्म आइपुग्दा नेपालमा पहिलोपटक सशस्त्र संघर्ष गर्ने निर्णयसम्म आइपुगेको थियो ।

बस्तुगत र आत्मगत परिस्थिति तयार नभएको भन्दै मोहनबिक्रमहरुले बहस झेडिरहेको बेला परिस्थिति आफूले निर्माण पनि गर्न सकिन्छ भन्ने आँटका साथ जनयुद्धको नेतृत्व गरे प्रचण्डले ।

, २०५२ सालमा एउटा नयाँ वेगका साथ प्रचण्ड देखा परे । यो एउटा दुस्साहस थियो । रोमान्टिसिज्म अर्को अर्थमा । अहिले प्रचण्ड आफैले यो कुरा स्वीकार्छन् । तर त्यो रोमान्टिसिज्मभित्र निकै ठूलो खतरा थियो । जीवनको खतरा, आन्दोलन समाप्त हुने खतरा । सबै सिद्दिने खतरा ।
र, यो खतरा मोल्नु चानचुने कुरा थिए । बस्तुगत र आत्मगत परिस्थिति तयार नभएको भन्दै मोहनबिक्रमहरुले बहस झेडिरहेको बेला परिस्थिति आफूले निर्माण पनि गर्न सकिन्छ भन्ने आँटका साथ जनयुद्धको नेतृत्व गरे प्रचण्डले ।

जनयुद्ध सञ्चालन गर्नु त्यति सहज थिएन । चौतर्फ आक्रमण, कतैबाट सहयोग छैन । अन्तर्राष्ट्रियरुपमा बलियो पूँजिवाद । छिमेकमा  माओवादप्रति अत्यन्तै असहिष्णु भारत र चीन । कैयन संकटहरु आएलागे यो बीचमा । आज हो कि भोली जस्तो पनि भयो । तर पचास नपुगेको एकजना युवकले यहीबीचमा प्राधिकारमूलक पार्टी सञ्चालन गर्न सम्भव भए ।

र, त्यही क्रममा माओवादी शान्ति प्रक्रियामा आइपुग्यो । सशस्त्र संघर्षमा होमिएको शक्ति बिना रक्तपात आफ्नो बार्गेनिङ पावर कायमै राखेर शान्तिपूर्ण राजनीतिमा समेत वर्चश्वशाली भूमिका देखापर्नु विश्वकै लागि नमूना थियो । विश्वमा या त विद्रोहीहरुले जितेका छन्, या निर्मम हार र नरसंहार झेलेका छन् या पूर्णरुपमा बिरोधीको विचार र सत्तासँग आत्मसमर्पण गरेका छन् ।

तर प्रचण्डकै करामत भनौं, शान्ति प्रक्रियामा आइसकेपछि पनि प्रचण्डहरुले बहुमत प्राप्त गरे । त्यसपछि दोश्रो संविधानसभासम्म आइपुग्दा संख्यात्मकरुपमा कमजोर भएपनि एजेण्डा उनीहरु वरिपरि नै घुमे । अझ भनौं पछिल्लो ३० वर्षयताको सिँगो राजनीति प्रचण्ड वरिपरि घुम्यो । संविधान बन्नुअघि र पछि पनि । राजनीतिका हरेक जटिल कालखण्डमा प्रचण्ड नै निर्णायक बने ।

१६ बुँदे समझदारीबाट संविधान बनेजस्तै संविधानको कार्यान्वयनमा उनले एमालेसँगको सम्बन्धविच्छेददेखि कांग्रेससँग मिलेर निर्वाचन गर्न सफल हुनु र त्यसपछि नयाँ संविधान कार्यान्वयन गरी समाजवादतर्फ देशलाई लैजान कांग्रेससँग सम्बन्धविच्छेद गरेर पार्टी एकतासम्म आइपुग्नु चानचुने घटना थिएन ।

यो गति थियो । प्रचण्ड गति । जसले यथास्थितिमा टिक्नै दिँदैन प्रचण्डलाई । चुपचाप बस्न दिँदैन । अग्रगमन, अग्रगमन र अग्रगमन, एउटा वेग, एउटा गति र, यो गतिको रथलाई सम्हाल्दै उनी अहिले एकीकृत पार्टीको शक्तिशाली अध्यक्ष बनेका छन् । प्रचण्डका अगाडि अब भने मुख्यतः तीनवटा कार्यभार देखिन्छन् ।

पहिलो, एकीकृत पार्टीलाई क्रान्तिकारीपना दिने, जुझारु संगठनको रुपमा विकास गर्ने र क्रान्तिकारी विचारलाई मर्न नदिएर शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने । पार्टीभित्र देखिएको चरम पूँजिवादी र संसदीय संस्कृतिलाई अन्त्य गर्दै सकेसम्म रुपान्तरण गर्ने चुनौती उनको पहिलो कार्यभार हो ।

सरकारको नेतृत्व आफूले गरेपनि या नगरेपनि क्षेत्रीय सन्तुलन कायम राख्दै विकास र सामाजिक न्यायका माध्यमबाट समाजवादको आधार तयार गर्ने मुख्य भूमिका उनले निर्वाह गर्ने देखिन्छ ।

दोश्रो, एकीकृत पार्टीमार्फत देशलाई सही अर्थमा समाजवादी समाजको निर्माणको आधार तयार पार्ने गरी सरकारलाई निर्देशित गर्ने । लाखौंलाख कार्यकर्ता र सरकारको सम्मिश्रणबाट समाजवादी अर्थनीति, समाजवादी संस्कृति, राजनीतिको विकास गर्ने योजनाकारको अभिभारा उनका अगाडि छ । सरकारको नेतृत्व आफूले गरेपनि या नगरेपनि क्षेत्रीय सन्तुलन कायम राख्दै विकास र सामाजिक न्यायका माध्यमबाट समाजवादको आधार तयार गर्ने मुख्य भूमिका उनले निर्वाह गर्ने देखिन्छ ।

तेश्रो, विगतमा खासगरी सशस्त्र संघर्षको समयमा देशलाई यहाँसम्म ल्याइपु¥याउन अथक योगदान दिएका हजारौं कार्यकर्ता, घाइते, वेपत्ता र शहीद परिवारको व्यवस्थापन उनको अर्को चुनौती देखिन्छ । अहिले पनि हजारौं कार्यकर्ताले उनीबाट केही हुने आशा राखेका छन् । जे गरे पनि प्रचण्डले गर्छ भन्ने उनीहरुलाई लागेको छ ।

र, प्रचण्ड यो दिशामा पनि सफल हुनेमा शंका देखिन्न । पार्टी एकता हुँदा अब प्रचण्डको राजनीति सिद्दियो भन्नेहरु नदेखिएका होइनन् । तर पार्टी एकतापछिका समय हेर्दै जाँदा पूर्व एमाले पंक्तिभित्र प्रचण्डको कमाण्ड झनै बलियो हुँदै गएको देखिन्छ । वैचारिकरुपमा क्रान्तिकारी सोंच राख्नेदेखि अध्यक्ष ओलीको बलियो समूहगत कमाण्ड मन पराउने सबैका लागि महाधिवेशनपछि अबको एकमात्र शक्तिशाली अध्यक्ष प्रचण्ड नै हुन भन्ने मनोविज्ञान बढेर गएको छ ।

व्यक्तिगतरुपमा प्रचण्डले धेरै गुमाएका छन् । न त उनले व्यक्तिगत जीवन बाँच्न नै पाएका छन् । एउटा भागदौड, एउटा अस्तव्यस्तता, तनाव चौतर्फी । तर, सामूहिकरुपमा भने उनले यसको प्रतिफल एउटा माहौल पाएका छन् । सकारात्मक माहौल । कुशल नेतृत्व को पदवी ।

सरकार सञ्चालनको सवालमा समेत कतिपय अवस्थामा प्रचण्डको विचार के त ? प्रचण्डले के सोचेका छन् भन्ने आम जनमानसमा परिरहेको बेला सरकारलाई सफल बनाउन समेत प्रचण्डको भूमिका महत्वपूर्ण देखिन्छ । यसको सोझो असर पार्टीभित्रको समीकरणमा समेत पर्ने स्पष्ट छ ।

व्यक्तिगतरुपमा प्रचण्डले धेरै गुमाएका छन् । न त उनले व्यक्तिगत जीवन बाँच्न नै पाएका छन् । एउटा भागदौड, एउटा अस्तव्यस्तता, तनाव चौतर्फी । तर, सामूहिकरुपमा भने उनले यसको प्रतिफल एउटा माहौल पाएका छन् । सकारात्मक माहौल । कुशल नेतृत्व को पदवी । र, यही कुरा एकीकृत कम्युनिष्ट पार्टीमा खडकिएको विषय पनि हो ।

पूर्व एमालेभित्रको चरम गुटबन्दीले पनि प्रचण्डको नेतृत्वको माग गरेको छ । अब एउटा नेता होस, एउटा निर्णायक, वैचारिक, कमाण्ड गर्न सक्ने, गुट र समूहभन्दा पर रहने र साँच्चिकै व्यक्तिगत या समूहगत स्वार्थ भन्दा देश र पार्टीका लागि केही गर्न खोज्ने र गर्न सक्ने नेता चाहिएको छ भन्ने मनोविज्ञान बोकेका पूर्व एमाले र माओवादी केन्द्रका कार्यकर्ताका लागि प्रचण्ड नै त्यस्तो व्यक्ति बनेका छन् ।

पार्टी एकता हुँदा कतिपयलाई अस्वभाविक र नराम्रो लागेको थियो । खासगरी नेकपा माओवादी केन्द्रभित्र । तर त्यही निर्णयका कारण अहिले वामपन्थीहरुको दुई तिहाईको सरकार बन्न सकेको छ । देशमा समाजवादको बहस सुरु भएको छ । हामी कम्युनिष्ट, हामी वामपन्थी, गरिब किसानको पक्षमा काम गर्ने पार्टी भन्ने भावना घनिभूत हुन सकेको छ ।

निर्णायक, वैचारिक, कमाण्ड गर्न सक्ने, गुट र समूहभन्दा पर रहने र साँच्चिकै व्यक्तिगत या समूहगत स्वार्थ भन्दा देश र पार्टीका लागि केही गर्न खोज्ने र गर्न सक्ने नेता चाहिएको छ भन्ने मनोविज्ञान बोकेका पूर्व एमाले र माओवादी केन्द्रका कार्यकर्ताका लागि प्रचण्ड नै त्यस्तो व्यक्ति बनेका छन् ।

यदि त्यसो नभएको भए ? त्यो कल्पना गरेपछि प्रचण्डप्रति झनै सम्मान बढेर आउँछ । यो कुराले समेत प्रचण्डको उचाईं झनै बढेर गएको छ । र, यो निर्णय सम्भव हुनमा यही दूरदर्शिता बुझेर तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसरी निर्णय गरे, त्यो झनै प्रशसंनीय र उच्च महत्वको रहेको छ ।

त्यसैले अहिले नेकपा भित्रको मनोविज्ञान प्रधानमन्त्री तथा अध्यक्ष ओली र प्रचण्ड वरिपरि केन्द्रीत छ । व्यक्तिगत लाभ र स्वार्थ नबोकेका दुबै नेताबीचको केमिष्ट्रि त्यही भएर आकाशिएको छ । र, भविष्यमा केपी ओलीको बिरासत समेत प्रचण्डमा स्थानान्तरित हुने अवस्थामा शक्तिशाली कम्युनिष्ट पार्टीलाई फेरी वेगसित हाँक्ने अवस्थामा प्रचण्ड हुनेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!