छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न फूजेलवासीको माग

काठमाडौं, असार २८ । गोरखा फुजेलका नागरिक अगुवाले कृष्णप्रसाद अधिकारी हत्या आरोपमा कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहाईको माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा फुजेल, गोरखाका सचेत नागरिक अगुवाले पत्रकार सम्मेलन दवाव र प्रभावमा परि झूठो आरोप लगाई एक विकासवादी नेतालाई कारागारमा राखिएको भन्दा निर्दोष पौडेललाई तत्काल रिहा गर्न उनीहरुले माग गरेका हुन । पत्रकार सम्मेलनमा फुजेलबासी पर्शुराम पौडेलले प्रेस विज्ञप्ती पढेर सुनाएका थिए ।

उनले भने,‘छविलाल पौडेल निर्दोष हुनुहुन्छ, उहाँ हाम्रो गाउँको विकासवादी नेता हो, उहाँ घरमा बस्नुभएको हुन्थ्यो, उहाँलाई फरार भनेर समाचार लेखिन्थ्यो, तर त्यस्ता समाचारले उहाँलाई पीडामा पाथ्र्यो, सर्वोच्च अदालतको आदेशलाई शिरोधार गर्दै गंगामायाले कानूनसम्मत रुपमा न्याय पाउन भनेर र आफू निर्दोष छु भनेर अदालतसामु जानु भएको हो ।’

कार्यक्रममा महाप्रसाद पौडेलले छविलाल पौडेल निर्दोष रहेको भन्दै नन्दप्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिईबीका कारण आफन्तहरुलाई फसाउन खोजेको आरोप लगाए । कृष्णप्रसाद अधिकारी हत्याको जिम्मेवारी तात्कालिन माओवादीले लिईएको र आज आएर परिवारका सदस्यहरुलाई फसाउन खोज्नु अन्यायमा पार्नु हो, नन्दप्रसादकी बुहारीलाई अंश नदिएर चर्को आर्थिक अभावमा पारेको देखेर गाउँलेहरुले अशं दिलाउन पहल गरेको कुरालाई रिसिईबीका रुपमा लिएर गाउँलेहरु पनि छोराको हत्यारा हुन भनेर किटानी दिएको कुरा स्ष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।

जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘मृतक कृष्ण अधिकारीका दाजु नुरप्रसाद अधिकारीले गाउँलेहरुको सार्वजनिक जीवनमाथि प्रश्न चिन्ह लगाउने काम गरिहरका छन्, उनले भाईको न्यायको लागि काम कम तर कमाउ धन्दा बढि गरिहरको छन्, आफ्ना छोरा र श्रीमतीलाई घर निकाला गरेर अलपत्रमा पारेका छन्, उक्त घट्ना एकतर्फी प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ ।’

भर्खरै आँखाको शल्यक्रिया गरेका ७८ वर्षीया छविलाल पौडेल उच्च रक्तचाप र पिसावसम्बन्धी समस्याबाट ग्रसित रहेको परिवारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!