बन्द हड्तालमा संलग्न भए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं, असार २८ । स्वास्थ्य मन्त्रालयले अहिलेको विषम परिस्थितिमा देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई विदामा नबस्न र बन्द हड्ताल जस्ता कुनैपनि गतिविधिमा संलग्न नहुन भनेको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गदैृ भनेको छ, ‘प्राकृतिक प्रकोप, बाढी, पहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने भएको हुँदा देशभरीका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नियमित रुपमा कामकाज गर्न, विदा नछोड्न, विना अनुमति अनुपस्थित नहुन र कुनैपनि किसिमका बन्द हडताल, घेराउ, प्रदर्शन जस्ता कार्य नर्गन नगराउन समेत अनुरोध छ ।’

साथै मन्त्रालयको निर्दैशन विपरित कुनै क्रियाकलाप गरे गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार अनुसार कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!