बागमतीको पानी धोविखाेलामा उर्लिएपछि…

काठमाडौं, असार २७ ।

लामो समयदेखि मेलम्ची खानेपानीको प्रतिक्षारत् उपत्यकावासीले अब मेलम्ची आउँदैन कि भनेर शंका नगरे हुन्छ । मेलम्ची खानेपानीलाई सुन्दरीजलबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार निर्माणको जिम्मा पाएको परियोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले पाइप पखाल्न सुरु गरेको छ ।

सुन्दरीजलदेखि चावहिलको धोविखोलासम्म बिछ्याइएका मुख्य पाइप सफा गर्ने काम गत सोमबारबाट सुरु भएको हाे । पाइप पखाल्नका लागि सुन्दरीजलस्थित बागमतीको मुहानबाट पानी ल्याइएकाे छ ।

र याे पनि

नजिकिंदै मेलम्ची खानेपानी, पाइप परीक्षणकाे काम सुरू

मेलम्ची खानेपानीका लागि पाइप फ्लसिङ सुरू [फाेटाेफिचर]

लामो समयदेखि जमिनमा बिछ्याइएका पाइपमा जमेको माटो र अन्य फोहोर सफा गर्ने काम सम्पन्न भएपछि बागमतीको पानी नयाँ प्रविधि अनुसार सुन्दरीजलमा रहेको प्रशाेधन केन्द्रमा प्रोशाेधन गरि उपभोक्तालाई वितरण गर्ने लक्ष्य पिआइडीले लिएको छ । यसै सन्दर्भमा हामीले सुन्दुरीजलबाट पठाएको पानी चावहिलस्थित धाेवीखोलामा झारिएको दृश्यलाई तस्वीरमा कैद गरेका छौं ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  एनसेल कर प्रकरणः सर्वाेच्च अदालतमा चार थान मुद्दा दायर
%d bloggers like this: