बजारमा ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार पनि चाँदीको मूल्य यथावत नै रहेको छ ।

मंगलबार प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्