तीजको गीतमा रवि लामिछानेको बखान (भिडियोसहित)

काठमाडौँ । विवादास्पद पत्रकार रवि लामिछानेको कामको प्रशंसा गर्दै कलाकारले तीजको गीतमा बनाएर बजारमा सार्वजनिक गरेका छन् ।

कृष्ण बाबुलेको शब्द रहेको गीतमा वसन्त लम्साल र शकुन्तला ढकालले गीत मार्फत रविको कामको मज्जाले बखान गरेका छन ।

न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम प्रस्तुती गर्दै आएका लामिछानेले नेपाली समाजमा बढाएको लोकप्रियताको ब्याख्या गीतमा गरिएको छ ।

म्युजिक भिडियोलाई विष्णु भट्टराईले निर्देशन गरेका हुन ।

गीतमा रविले अन्यायमा परेको उद्दार गरेको एउटा तर नेपालले नचिनेको आरोपमा लगाइएको छ ।

अमेरिकी पासपोर्ट बोकेर श्रमस्वीकृति नलिई नेपालमा काम गरेको भन्दै पछिल्लो समय रविको ठूलो आलोचना भएको छ ।

आफूले चार वर्ष अगाडि नै अमेरिकी ग्रीन कार्ड परित्याग गरेको तर कानुन प्रक्रियामा भएको ढिलाईको कारण प्रक्रिया लम्बिदा आफू त्यसको शिकार हुने परेको रविको दाबी छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!