कतिमा कारोबार भइरहेको छ सुनचाँदीको मूल्य ?

काठमाडौं । सोमबार नेपाली बजारमा केही सातादेखि लगातार सुनचाँदीको मूल्यमा यथावत नै कायम भएको छ ।

आइतबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, साताको लगातारझैं सोमबार पनि यही मूल्यमै सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

आइतबार प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  फेरि बढयो बजारमा सुनको भाऊ, चाँदीको स्थिर !
%d bloggers like this: