आज सुनचाँदीको बजार भाऊ कति छ ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार बजारमा सुनको मूल्य यथावत नै रहेको छ ।

बिहीबार सुन प्रतितोला मूल्य ५७ हजार ८ सय रुयैयाँमा कारोबार भएको थियो भने आज पनि यही प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला ५७ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार प्रतितोला चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बिहीबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७६० रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!