राजनीतिक र सामाजिक न्याय प्राप्तिको लागि संगठित होऔं

समय र परिस्थिति बदलिएको छ । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । बदलिँदै गएको युग सँगसँगै हामी नारीले समयानुकुल बाटो पहिल्याउँदै हिड्न सकिएन भने– ‘हामी नारीहरु पुस्तौ पुस्तासम्म गन्तव्यविहीन यात्रामा आँधी बेहरीसँग अझै थुप्रै वर्ष संघर्ष गर्नुपर्ने छ ।

देशभित्र विगतदेखि वर्तमान परिस्थितिसम्मको इतिहासलाई नियालेर हेरौं । हामी महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक छ । हामी महिलाहरुलार्इ गरिने व्यवहार फरक छ । हामी महिलाहरु बन्धनमा बाँधिएको छ । यो समाजले बाँधिएको बन्धन फुकाउने समाज हामीले निर्माण गर्नु पर्दछ ।

हामी यतिबेला परदेशमा छौंं । हामी महिलाहरु खाडी मुलुकमा रहरले आएका होइनौं। हामीलाई रहर होइन, बाध्यताले विदेशिएका हौ । महिला दिदीबहिनीहरु विदेशिनुको कारण धेरै छन । समाजको कारण र राज्यका कारण नै प्रमुख हुन ।

नेपाली समाजमा प्रजातन्त्र प्राप्त पश्चायत विगतदेखि वर्तमानसम्म समय र परिस्थितिमा पनि चुलो र चौको गर्दै, सन्तान जन्माउने र वंशज चलाउने परम्परा अनि बच्चा उत्पादन गर्ने मेशिनको रुपमा प्रयोग गराइयो । हाम्रा अग्रज महिला पुस्ताहरुले निकै पीडादायी र दुःखद रुपमा जिन्दगी व्यतित गर्दै आइरहेका घटनाहरु हाम्रा सामु सर्वविदितै नै छन ।

रेणु कार्की

हामीले धेरै टाढाको इतिहासलार्इ कोट्याइ राख्नुपर्छ जस्तो लाग्दैन । हामीले हाम्रै घरभित्र हाम्रा आमा, दिदी, भाउजू, काकी, छरछिमेक वरिपरिका महिलाहरुको जिन्दगीलाई हेरौं र हामी आफैले भोगेका पीडाहरुलाई पनि त हेरौं ।

जिन्दगी त हाम्रो पिँजडाभित्र जस्तै छ । कहीं हामी महिलाहरु भोको पेट भर्न श्रम बेचेर कमाएको पारिश्रमिकले मीठो मसिनो खाए भने वा राम्रो एक सरो कपडाले आङ ढाक्न मुल्यवान कपडा र खाइै–नखाई जोडेको गरगहना लगायो भने, त्यस्तैगरी खुल्ला आकाशमुनि सुत्न बाध्य हामी महिलाले अथक मेहनत र परिश्रम गरेर सस्तो मुल्यकै भएपपनि केही टुक्रा जमिन अनि घर जोडे भने गाउँघर, छिमेक अनि आफन्त इष्टमित्रबाटै घृणा गर्दै त्यो समाजमा विदेश गएर आएका महिलालाई पुनःबसोबास गरेर बस्न निकै कठिन हुन्छ ।

बिगत लामो समयदेखि घर, व्यवहार सम्हाल्दै आए, राजनीतिक क्षेत्र पनि मेरो चासोको विषय थियो ।

हामीले चाहेको स्वतन्त्रता वैदेशिक रोजगारमा आएर हाम्रो समाजले पच्नै नसकिने पहिरन लगाउँदैमा, सञ्चार र युग विकासले उत्पादन गरेको इन्टरनेटमा अपरिचित नागरिकसँग घण्टौ कुरा गर्दैमा, हातमा महँगो मोबाइल किनेर दिदै, विभिन्न शहरमा घुमाएर फेसबुकमा कुरा गर्दै अपरिचित युवाहरुसँग भेटेर नम्बर आदान प्रदान गर्दै भेटेर नाच्दै रमाउदैमा स्वतन्त्रता सोच्नु त्यो हामी महिला भएर गलत बाटोमा हिँडिरहेका छौं ।

कारण थियो, सामन्ती शासन र त्यस सामन्ती शासन व्यवस्थाले उत्पीडित बनाएका महिलाहरु माथिको अन्याय, अत्यचार र यातनाका दिनहरु ‘कसरी उन्मुक्ति दिन सकिन्छ’ भन्ने बिषय मेरो मानसपटलमा प्रश्न बनेर घुमिरहन्थ्यो ।

शान्तिपुर्ण संघर्षमा नारा र जुलुश लगाउँदै हिँडेका नारीहरुलाई प्रत्यक्ष साथ दिए अनि सशस्त्र संघर्षमा बन्दुक बोकेर हिँडेका नारीहरु जब मृत्यु या मुक्तिको कसम खादै क्रमशः बढ्दै गएको महिला साथीहरुलाइ भुमिगतरुपमा सकेको सहयोगको भुमिका निर्वाह गरे ।

निशस्त्ररुपमा आवाज बुलन्द गर्दै संगठन विस्तार गर्ने महिला शक्ति र सशस्त्ररुपमा ‘हारे एक्लै ज्यान जिते संसार’ भन्ने अठोट लिदै अदम्य साहास बोकेका ती महिला शक्तिको सन्तुलन मिलाएर यो सामन्ती राज्य व्यवस्था खतम पारेर मात्रै हामी महिलाहरुले उन्मुक्तिको बाटो खुल्ला हुनेछ भन्ने विश्वास थियो । तसर्थः भुमिगत र अर्ध–भुमिगतरुपमा महिला आन्दोलनको विषयमा म पनि आन्दोलित भए, भाग लिए ती आन्दोलनहरुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न आरोह–अवरोहहरु पार गरी चुनौतिहरुको सामना गर्दै ।

जिन्दगी एक अबिरल यात्रा हो । निश्चय पनि समाज परिवर्तन को दिशातिर जाँदैछ । चुलो र चौको दर्जनौं नानी स्याहार्ने महिलाका ती हातहरु कलम, कम्युटर चलाउन सक्षम छन् । हाम्रो नेपाली समाजले दबाएर राखेका नारीहरु आज स्वतःस्फुर्तरुपमा पुरुषसरह पिठ्युमा नानी बोकेर प्रतिस्पर्धात्मक र बराबरी हैसियतमा कमाउन सक्ने क्षमता भै सकेको छ ।

अझै पनि नेपाली समाजका पुरुष मित्रहरुले नारी जातिलाई खेलौनाको रुपमा हेरि रहेको छ । म देख्छु देश भित्रदेखि विदेशसम्मको जिन्दगीको यात्राको यस महासागरमा अझै पनि महिलाले केही गर्न सकिन्न भन्ने मानसिकताबाट ग्रस्त छन ।

आफ्नो देश छोडेर परदेशमा विभिन्न समस्या बोकी आएका महिलाको समस्या छैन भनेर म भन्दिनँ, तिनमा कमी–कमजोरी छन् । कमजोरीको फाइदा लुट्न सिपालु हाम्रा समाजका दाजुभार्इहरुले विदेशी बजारमा बेच्न सजाएर राखिएका पुतली किनेर खेलाएझै खेलाइरहेका छन ।

सबै महिला दिदीबहिनीहरुलाई आग्रह र अपिल गर्न चाहन्छु हामी आफैं कठोर मेहनत र परिश्रम गरौं । हामी एक छाक भोकै बसेर मरिदैँन त्यसको ज्वलन्त उदाहरणहरु हाम्रा आमा तथा हाम्रा अग्रज दिदीहरु छन । आउनुस् हामी सु–संगठित बनौ । समाजवादी क्रान्तिको नारा घन्किएको छ । दुई ठुला कम्युनिष्ट पार्टीहरु एक भएका छन ।

हामीजस्ता महिलाले नेपाल आर्मी र पुलिसको लाती र गोली छातीमा थापी ल्याएका बलिदानीपूर्ण संघर्षले ल्याएको हाम्रो अधिकार सुनिश्चित राजनीतिकरुपमा समाजवादी आन्दोलनबाट पूर्णरुपमा पाउने छ भन्ने विश्वास गर्दछु ।

हामीले नकारात्मक नसोचौ, राजनीति गरेर के पाउँछ व्यर्थमा भन्ने वाक्य अधिकांश महिलाको मुखबाट सुनिन्छ । खास गरिकन वामपन्थी राजनीतिक आन्दोलन पेचिलो नबनिदिएको भए हामी यो पुस्ता अझैसम्म पिँजडाको सुगाझै, थुनेर बस्नुपर्थ्यो । हामीले चाहेको स्वतन्त्रता वैदेशिक रोजगारमा आएर हाम्रो समाजले पच्नै नसकिने पहिरन लगाउँदैमा, सञ्चार र युग विकासले उत्पादन गरेको इन्टरनेटमा अपरिचित नागरिकसँग घण्टौ कुरा गर्दैमा, हातमा महँगो मोबाइल किनेर दिदै, विभिन्न शहरमा घुमाएर फेसबुकमा कुरा गर्दै अपरिचित युवाहरुसँग भेटेर नम्बर आदान प्रदान गर्दै भेटेर नाच्दै रमाउदैमा स्वतन्त्रता सोच्नु त्यो हामी महिला भएर गलत बाटोमा हिँडिरहेका छौं ।

हामी महिलाहरुले पाएको पीडाहरु एक आपसमा आदानप्रदान गर्दै, हाम्रो महिला मुक्ति र आन्दोलनको विषयमा बसौं र छलफल गरौ । हामी नेपाल सरकारसँग आधिकारिकरुपमा हाम्रो जायज मागहरु पूरा गराउन सक्ने राजनीतिक मोडमा छौं । राजनीतिले केही गर्न सकिँदैन गरेर काम छैन भनेर राजनीतिलाई घृणा गर्नु भनेको हामी आफैले आफ्नो खुट्टामा बन्चरो प्रहार गर्नु सिवाय अरु केही हैन । हामी भावनामा डुबेर कसैको लहडमा नघुमौ , दिनप्रतिदिन महिलाहरु शोषित भएका छन । यही समाजका कारण, बलात्कार हत्या हिसा जस्तो जघन्य अपराध खेप्नुपरेको छ । यही फेसबुक इमो जस्ता सामाजिक सञ्जालका कारण हामीले पनि केही गर्न सकिन्छ भन्ने अठोट र साहस किन लिन नसक्ने ?

हिजो हाम्रै मुक्तिको निम्ति सडकमा महिलाहरु झन्डा बोकेर पुलिसको डन्डाले टाउको फुटेका र हामी महिलावर्गको निम्ति हामीजस्ता महिलाले नेपाल आर्मी र पुलिसको लाती र गोली छातीमा थापी ल्याएका बलिदानीपूर्ण संघर्षले ल्याएको हाम्रो अधिकार सुनिश्चित राजनीतिकरुपमा समाजवादी आन्दोलनबाट पूर्णरुपमा पाउने छ भन्ने विश्वास गर्दछु ।

देश संघीय लोकतान्त्रिक गणतन्त्रबाट पनि फड्को मारेर समाजवादी दिशातिर यात्रा तय गरिरहेको बेला आन्दोलनमा सँगसँगै राज्य पुनःसंरचनामा योगदान दिएका हामी महिलाहरुलाइ ‘सामाजिक तथा राजनीतिक’ क्षेत्रमा स्थापित हुन खोज्दा पुरुषवादी समाजले विभिन्न तरिकाले महिलाहरुलाइ नेतृत्व गर्न असक्षम भन्दै लज्जास्पद तरिकाले अभिव्यक्तिहरु असली रुपहरु अझै देखाइरहेको यथार्थतता छ ।

२१औं शताब्दिमा पनि राजनीतिक र सामाजिक चेतना भएको नारीहरुलाई राजनीतिक गर्न सकिँदैन र वैचारिकस्तर उठाउन सकिँदैन भन्ने जडसुत्रीय ढंगबाट सोच्ने मानसिकता भएका राजनीतिक नेतृत्वहरुसंग मेरो भन्नू केही छैन । हामी पनि सक्षम छौ, यो समाज हामी महिलाहरुले सन्तान जन्माएर बनेको समाज पनि हो । राजनीति कुनै अलौकिक ज्ञान होइन, राणादेखि राजतन्त्र र बहुदलिय प्रजातन्त्रदेखि संघिय गणतन्त्रसम्मको आन्दोलनहरु कति अध्ययन गरेर र कतिपय प्रत्यक्षरुपमा संलग्न भएर भएका परिवर्तनको इतिहासहरु मेरो मन–मस्तिष्कमा अमिट छापझै छ । राजनीतिकस्तर छैन भनेर महिलाहरुको मनोबल गिराउन खोज्नु भनेको सामन्तबादी सोचको उपज पनि हो ।

हामी महिलाहरुको जुझारु संगठन बनाउँदै नेतृत्व गर्न पनि सक्षम छौ र अन्त्यमा खाडी मुलुक कतारमा कार्यरत नेपाली महिलाहरुलार्इ हार्दिकताका साथ अपिल गर्दछु आउनुहोस् न्याय र समानताको अधिकारको निम्ति राजनीतिक र सामाजिकरुपमा अगाडि बढौं ।

(इलामकी स्थायी बासी कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारको दोहामा कार्यरत छ ।)

कमेन्ट गर्नुहोस्