कास्कीको लुम्ले कृषि अनुसन्धान केन्द्रको अनुगमन गर्दै : राज्यमन्त्री चौधरी

पोखरा, असार २ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी कास्कीको लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र अनुगमन निरीक्षन गर्नु भएको छ ।

शनिबार राज्यमन्त्री चौधरीले लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको निरीक्षण भ्रमण गर्नु भएको हो ।

लुम्लेमा विभिन्न प्रजातीको ग्लाडस फुल, किबि फल, भेडा, भैंसी, खरायो, कुखुरा, मकै, उच्च पहाडी क्षेत्रमा गर्न सक्ने धानको अनुसन्धान र तरकारीमा सिमि, विभिन्न प्रजातीको गोल्भेडा, बन्दा काउली आदिको अनुसन्धान भइरहेको छ ।

अनुगमन पश्चात् राज्यमन्त्री चौधरीले लुम्ले कृषि अनुसन्धान केन्द्रले अनुसन्धान गरेको बिऊहरु जनतामा पुर्याउने र यस्ले उत्पादनमा धेरै सहयोग पुरयाउने बिश्वास व्यक्त गर्नु भयो ।

नेपालको सबै भन्दा धेरै वर्षा हुने ठाउँ हो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!