बढ्दै विश्वकप ‘फिभर’, जर्सी किन्न तँछाडमछाड

काठमाडौं । आजदेखि फिफा वर्ल्डकप रसियामा सुरु हुँदैछ । यतिबेला विश्वकपको रौनक बढेको छ । सबै ठाउँमा आफुलाई मनपर्ने फुटबल टिमको समर्थन गर्दै जर्सी लगाउनेको संख्या बढिरहेको छ ।

काठमाडौंमा विभिन्न देशका फुटबलटिमका जर्सी बिक्री अत्याधिक भइरहेको छ । बालबालिकादेखि वृद्धसम्मले जर्सी किनेर लगाएका छन् । विश्वकप सुरु हुने दिन पनि बजारमा जर्सी किन्नेको चाप उस्तै छ ।

काठमाडौं सहित देशका विभिन्न ठाउँमा जर्सीको व्यापार बढेको व्यपारिहरु बताउँछन् । काठमाडौंमा पाँच सय रुपैंयादेखि बढी मूल्यको जर्सी बिक्री हुने गरेको छ । अर्जेन्टिना, पोर्चुगल, ब्राजिल, जर्मनीलगायत टिमको जर्सी बढी मात्रामा बिक्रि हुने गरेको छ । बजारमा यी देशका जर्सीको माग समेत बढेको ब्यापारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  यु १५ साफ च्याम्पियनसिप फुटबल : दुई गोलसँगै भारतको अग्रता
%d bloggers like this: