आजदेखि फुटबलको महाकुम्भ, समारोहलाई भव्य बनाउन रुसको तयारी कस्तो छ ?

काठमाडौं, जेठ ३१ । पुर्वी युरोपमा पहिलोपटक विश्व फुटबलको महाभुकम्प हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ ।

आज सुरु हुने यो महाभुकम्पको सदुपयोग गर्दै रुस ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ

विश्वव्यापी गायक रोब्बी विलियम्सले रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् । उनलाई रसियन स्टार एइडा गारिफुलिनाले स्टेजमा साथ दिनेछन् ।

‘रसियामा प्रस्तुति गर्नका लागि म निकै उत्साहित छु । फिफा विश्वकपको उद्घाटनमा ८० हजार प्रत्यक्ष र करोडौं अप्रत्यक्ष दर्शकसामु प्रस्तुति सानैदेखिको सपना थियो ।’ रोब्बीले भने, ‘आउँदो क्षणलाई अविस्मरणीय बनाउनका लागि फुटबल र संगीतका पारखीहरुलाई निमन्त्रणा दिन चाहन्छु ।’

विश्वकपका अघिल्ला संस्करणभन्दा यो संस्करणको उद्घाटन समारोह केही पृथक हुनेछ । यो पटक उद्घाटन समारोहले सांगितिक प्रस्तुतिमा व्यापक जोड दिनेछ, जुन ‘किक–अफ’ भन्दा आधा घण्टा अघि सुरु हुनेछ ।

३२ राष्ट्र सहभागी महाभुकम्पको भब्य उद्घाटन मास्कोस्थित लुजनिगी रंगशालामा अयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ ।

मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् ।

मस्कोमा दुई रंगशाला लुनजिकी र स्मार्टक छन् भने अन्य १० सहरमा १, १ रंगशाला छन् ।

सम्बन्धित् समाचार  विश्वकप फुटबलः आज पनि तीन खेल, हेर्नुहोस् कुन-कुन राष्ट्रविच हुँदैछ भिडन्त

विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेविया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन ईतिहासकै कमजोर खेलका रुपमा हेरिएको छ ।

दुई पटक ब्राजिललाई विश्वकप जिताएका लिजेन्ड रोनाल्डोले मैदानमा ट्रफी भित्राउनेछन् । ‘प्रतियोगिताको उद्घाटन खेल प्रतिकात्मक हुन्छ । फुटबल प्रेमी, खेलाडी, पदाधिकारीलगायत सबैले यो क्षणलाई निकै महत्वपूर्ण अनुभव गर्दछन्’, ब्राजिलियन लिजेन्ड रोनाल्डोले भने, ‘किनभने यो क्षण चार वर्षको व्यग्र प्रतिक्षापछि आएको छ र आउँदो एक महिनाबीचमा के हुन्छ कसैलाई थाहा हुँदैन ।’

रोनाल्डो भन्छन्, ‘आयोजक राष्ट्रका लागि त यो क्षण भावनात्मक रुपमा जोडिएको हुन्छ । पूरै विश्व फुटबल प्रतिको मोह दर्साउनका लागि आयोजकको आँगनमा एकत्रित हुन्छ र आयोजकले त्यसका लागि ठूलो परिश्रम गरेको हुन्छ । यो मैले अघिल्लो संस्करणमा भोगेको हुँ ।’

उद्घाटन समारोहका प्रस्तुतिहरु रसियाको च्यानल वनले निर्माण गरेको हो । तीन वर्षअघिको खेल तालिका सार्वजनिक कार्यक्रमदेखि विश्वकपको सन्दर्भमा भएका र जुलाई १५ सम्म हुने सबै कार्यक्रमहरुको डिजाइन फेलिक्स मिखाइलोभले गरेका हुन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: