‘गोठ सफा नभएसम्म दूध सफा हुन सक्दैन’

नेपालका बजारमा बिक्रि गरिने पानी, दूध, मासु र अन्य खाद्य पदार्थहरूको गुणस्तर सुधार हुन नसकेको भनी चिन्ताहरू व्यक्त भइरहँदा त्यसको जाँच गर्न स्रोत र साधनको अभाव रहेको एक अधिकारीले बताएकी छन्।

पानी, दूध र अन्य दैनिक उपभोग हुने खाद्य पदार्थको गुणस्तर सुधार्ने नेपाल सरकारको प्रयासको आलोचना भइरहेको बेला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी उप महानिर्देशक मतिना जोशी-वैद्यले भनिन्, “विभागले सक्दो प्रयास गरिरहेको छ।”

खाद्य पदार्थको नमुना परीक्षणको क्रममा दूध, पानी जस्ता बस्तुमा हानिकारक जिवाणुका साथै दूषित बस्तु मिसिएको पाइएको थियो।

विभागले पानी र मासुको हकमा नयाँ निर्देशिका उद्योगीहरूलाई पठाइसकेको उनले बताइन्।

उनका अनुसार अन्य खाद्य पदार्थको गुणस्तर सुधार गर्ने प्रयास भइरहेपनि राजधानी बाहिर स्रोत र साधनको अभाव छ भने कर्मचारीको न्यून उपस्थिति छ।

उप महानिर्देशक मतिना जोशी-वैद्य भन्छिन्, “४०-४२ निरीक्षकहरुले ७७ वटै जिल्ला हेर्नु पर्ने स्थिति छ।”

उनले सूचना, शिक्षा र सञ्चारको माध्यले जनचेतना जगाउनु जरुरी रहेको बताइन्।

“दूधको कुरा गर्ने हो भने गाई भैंसी पाल्ने गोठको सफाइबाटै थालनी गर्नु पर्छ। गाईको थुन सफा नभएसम्म दूध कसरी सफा हुन्छ।

सम्बन्धित् समाचार  स्वास्थ्य चौकीमा सिटामोल र आइरन चक्कीको अभाव

“बजारमा फेरी चार डिग्री सेल्सियसको तापक्रममा बेच्न राख्नु पर्छ। त्यो पालना नगरेसम्म गुणस्तरमा सुधार हुन सक्दैन।” बीबीसी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: