अझै २१ प्रतिशत कृषियोग्य जमिन बाँझै

काठमाडौं, जेठ २५ । नेपाल कृषियोग्य मुलुक भए पनि कृषियोग्य जमिनको २१ प्रतिशत भूभाग भने बाँझै छ ।

कृषि श्रमिकको अभाव, युवा पलायन र कृषिमा आकर्षण घट्दो क्रममा रहेकाले जमिन बाँझिने समस्या बढेको हो ।

कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझै छ ।

नेपालको कुल क्षेत्रफल १४ करोड ७१ लाख ८१ हजार हेक्टर क्षेत्रफलमध्ये गत बर्ष ३० लाख ९१ हजार हेक्टरमा खेती गरिएको छ । कारोबार दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!