बजेटले स्थानीय जनप्रतिनिधि निरुत्साहित

केन्द्र सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०७५÷७६ को बजेटले स्थानीय जनप्रतिनिधि निरुत्साहित भएका छन् । चुनावताका गरिएका बाचा र देखाइएका सपना पूरा गर्नेगरि केन्द्र सरकारले रकम नदिएपछि के गर्ने र कसो गर्ने भन्ने अन्योलता बढेको छ । यसै सन्र्दभमा मकवानपुर थाहा नगरपालिकाका मेयर लवशेर बिष्टसँग रघुनाथ बजगाँईले गरेको कुराकानी

बजेटले तपाँहरुलाई उत्साहित बनाउन सक्यो ?

यो बजेटको सिलिङ हेर्दा, हामीकहाँ पहिले वित्तिय समानीकरण भनेर २३ करोड रुपयाँ आउँथ्यो, अहिले जम्मा १२ करोड छुट्ट्याइएको छ । यसो हुँदा हामी एकदमै निरुत्साहित छौँ ।

हामीकहाँ ६ वटा गाउँ विकास समिति मिलेर बनेको १९२ बर्ग किलोमिटरको नगरपालिका, त्यो पनि पहाड ।

हामीले यत्ति धेरै विकासको कुरा जनताको बीचमा राख्यौँ कि आगामी वर्षमा यो भन्दा बजेट बढेर आउँछ भनेर नेताहरुले हाम्रो बीचमा भाषण गर्नुभएको थियो ।

हामीकहाँ ६ वटा गाउँ विकास समिति मिलेर बनेको १९२ बर्ग किलोमिटरको नगरपालिका, त्यो पनि पहाड ।

हामीले यत्ति धेरै विकासको कुरा जनताको बीचमा राख्यौँ कि आगामी वर्षमा यो भन्दा बजेट बढेर आउँछ भनेर नेताहरुले हाम्रो बीचमा भाषण गर्नुभएको थियो ।

तर, यसपटक आधा घटेर बजेट आएको छ ।

त्यो हुँदा मैले जनतालाई भन्न थालीसकेको छु कि, अब तपाँहरुले धेरै आशा नगर्नुहोस् सरकारले बजेट आधा घटाएर पठाएको छ ।

सम्बन्धित् समाचार  'एमालेले माअाेवादीलार्इ एक तिहार्इकाे सर्त राखेपछि एकता लम्बियाे'

हामीले विगतमा गरेको प्रतिवद्धता पूरा गर्न मुस्कील छ ।

भनेपछि चुनावमा देखाउनुभएको सपना पुरा नहुने भयो ?

यो बजेटको सिलङले चाँही एकदमै गाह्रो छ ।

अब स्थानीय तहलाई सबैभन्दा बलियो बनाउने भन्ने, स्थानीय तहलाई नै सिंहदरवार हो भन्ने, अनि माथिल्लो तहमा गयो भने पुल, पुरातत्व देखि सबै बजेट तपाईकहाँ पुगेको छ भन्ने । तर बजेटको सिलिङ भने यस्तो छ ।

यो नगरपालिकाको सन्दर्भमा भन्ने हो भने दामन, पालुङ र बज्रबाराही तीन वटा गाउँ विकास समिति मिलेर २०७१ मा बनेको नगरपालिकाको पहिलो बजेट ८ करोड थियो ।

 अधिकांस कर त सरकारको दायरामा छ, केहि छुटेको मात्र हामीले उठाउने भनिएको हो । त्यो हुँदादेखि बजेटमा यसरी ब्यापक कटौती गरेर हुन्छ ?

अहिले संघीयता लागू भइसकेपछि, निर्वाचित जनप्रतिनिधि र सरकार आइसकेपछिको बजेट जम्मा १२ करोड छ । अब तपाँई भन्नुहोस् हामी कसरी उत्साहित हुने ?

स्थानीय सरकारले आफू बलियो हुन स्रोत जुटाउने, बिभिन्न शिर्षकमा कर लिन पाउने भनिएको छ, केन्द्रको मुख मात्रै ताक भनेको छ र ?

हो, पक्कै त्यो पक्कै हो । स्रोत जुटाउने काम त हामी गर्छौै । हिजो पनि त तपाँईको बिना करमा देश चलेको होईन ।

अधिकांस कर त सरकारको दायरामा छ, केहि छुटेको मात्र हामीले उठाउने भनिएको हो । त्यो हुँदादेखि बजेटमा यसरी ब्यापक कटौती गरेर हुन्छ ?

सम्बन्धित् समाचार  केपी ओलीसंग नजिकिनु नरेन्द्र मोदीको बाध्यता कि रहर !

पहिले पनि कर उठाउने कुरा त ठिकै थियो । अहिले नयाँ कर भन्ने त छैन् । पसल कर, घर कर, कोठा भाडामा बस्नेको कर, यो त हिजो पनि लिएकै हो ।

अहिले ति छुटेको मात्रै स्थानीय सरकारले तलैबाट हेरेर अलिकति बढाउन सक्ने भन्ने मात्रै हो । तर व्यापक रुपमा त्यो बढ्छ भन्ने त रहन्न ।

भनेपछि, मौलिक हक कार्यान्वयनका कुरा, शिक्षा, स्वास्थ्य स्थानीय तहले नै हेर्ने भनिएको थियो, अब गाह्रो पर्छ कि के हो ?

असाध्यै गाह्रो छ । हामीले हिजो जनताको बीचमा सपना धेरै बाढ्यौँ । हामीले के भन्यौ भने अब स्थानीय सरकारले सबै बजेट अब तलै पठाउँछ । मेरै सन्र्दभमा कुरा गर्ने हो भने, २३ करोड बजेट बढेर २८÷३० करोड होला भन्ने मेरो आशा थियो ।

त्यो आशा अनुसार हामीले धेरै कुराहरु, सडकहरुको डिपिआर गरेका छौँ, पर्यटनको गुरु योजनाहरु बनाएका छौँ, पर्यटन पार्कहरुको डिपिआर, गुरुयोजनाहरु बनाएका छौँ, यो त सबै अब सम्पन्न गरेको अवस्था छैन् ।

गर्न नसक्ने योजना र बजेट दिएर भएन के गर्ने भन्ने जवाफ छ नि त केन्द्र सरकारको, जे सकिन्छ त्यति मात्रै गरौँ भन्नु बेठिक हो र ?

हैन, प्रस्तावना त चाहियो, सपना त चाहियो नि । तपाई सपना नै देख्नुहुन्न भने कसरी काम गर्नुहुन्छ ? मैले बनाएको गुरुयोजना भनेको यहाँको पेटेन्सिएल संभावना हो ।

 संघको माननीयले बोल्नु भएको छ । उहाँले भन्नुभएको छ, हामी बजेट पठाउँछौँ, मेयर सावहरुले गाउँपालिकाका अध्यक्षहरुले सबै गर्छन् भनेर । अब हामी उहाँहरुसंगै उत्तर खोज्छौँ ।

थाहा नगरको निम्ति महत्वकांक्षी सम्भव योजना हो । यसको पूर्वाधार विकास गरेपछि बल्ल त्यहाँबाट आम्दानी लिन सक्छौँ ।
अनि करको दायरा बढ्न सक्छ, आम्दानी बढ्न सक्छ, अनि मात्रै विकास अगाडि बढ्न सक्छ । संघीयता आउने बित्तिकै, तिम्रो सिमाना यति हो भन्ने बित्तिकै आम्दानी बढ्नेवा त छैन् ।

सम्बन्धित् समाचार  सिंहदरबारमा हरेक पार्टीका दलालहरु छन्– विजयसुन्दर

तै पनि, जनतामा तपाइहरुले बाचा गरिसक्नु भएछ, यो ठाउँमा पुल, यो ठाउँमा, सडक, उद्योग आदि, अब त्यो पूरा गराउन के गर्नुहुन्छ त ?

हो हामी अहिले बडा असजिलो स्थितिमा छौँ हामी, त्यसको लागि अब हामी केन्द्र सरकारसंग पनि यो कुरा राख्छौँ, प्रदेश सरकारसंग पनि राख्छौँ ।

हामीले जनताकोबीचमा धेरै कुरा बोलेका छौँ । प्रदेशको माननीयले बोल्नु भएछ । संघको माननीयले बोल्नु भएको छ ।

उहाँले भन्नुभएको छ, हामी बजेट पठाउँछौँ, मेयर सावहरुले गाउँपालिकाका अध्यक्षहरुले सबै गर्छन् भनेर । अब हामी उहाँहरुसंगै उत्तर खोज्छौँ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: