भारतमा निपाह भाइरसको संक्रमणबाट १२ घण्टाभित्रै थप ८ को मृत्यु, कति जोखिममा छ नेपाल?

काठमाडौँ । भारतको केरल राज्यमा एउटा नयाँ प्रकारको भाइरसको संक्रमणबाट एकै अरिवार्का तीन जनाको मृत्यु भएपछि यसले स्वास्थ्य चासो बढाएको छ । निपाह नाम दिइएको उक्त भाइरसलाई विश्व स्वास्थ्य संगठनले तीव्र गतिमा फैलिरहेको पशुजन्य संक्रमणको रूपमा परिभाषित गरेको छ ।

यस भाइरसको प्रकृति पूर्ण रूपमा थाहा पाइनसकिएकाले यसको संक्रमण भइसकेपछि देखा परेका लक्षणहरूको उपचार गर्नु बाहेक अन्य विकल्प नरहेको स्वास्थ्यविदहरू भन्छन् ।

भारतीय मिडियामा पछिल्लो दुई हफ्तामा केरल राज्यको तटीय सहर कोकिझोडमा एकै परिवारका तीन जनाको ज्यान जाने कारण यहि भाइरसको संक्रमण रहेको तथ्यहरूले पुष्टि गरेको भनी समाचार सम्प्रेषण गरेका छन् ।

इण्डियन एक्सप्रेसका अनुसार तीनै जनाको ज्यान गएको १२ घण्टा भित्र नै कोकिझाड र मलाप्पुरममा समान प्रकारका लक्षणसँगै थप ८ जनाको मृत्यु भएपछि सरोकारवालालाई झनै चिन्तित बबाइदिएको छ ।

कस्तो हो यो भाइरस?

विश्व स्वास्थ्य संगठनका अनुसार  निपाह भाइरस (NiV) तीव्र गतिमाफैलिरहेको भाइरस हो जसले मानिस थाथा जनावरहरूमा गम्भीर प्रकारको बिमारी गराउँछ ।

यस भाइरसको बारेमा सबैभन्दा पहिले १९९८ मा मलेसियाको कम्पङ सुंगाई निपाह भन्ने पत्ता लागेको थियो । यसै ठाउँको नामबाट यस भाइरसको नाम पनि निपाह परेको हो । उक्त समय यस भाइरसले बंगुरहरूलाई संक्रमित बनाएको थियो ।

सम्बन्धित् समाचार  भारतीयद्वारा एस्काभेटर प्रयोग गरी दशगजामै मेची नदी दोहन

यसको विस्तारको प्रक्रिया पनि अचम्म लाग्दो छ । आजसम्म जहाँ जहाँ निपाह भाइरसको संक्रमण भेटिएको छ त्यहाँ यसलाई सर्ने कुनै मध्यम पाइएको थिएन । सन् २००४ मा बंगलादेशमा पनि केही मानिसमा यसको संक्रमण देखा परेको थियो ।

उक्त समय संक्रमितहरूले खजुरको रुखको चोप सेवन गरेका थिए र त्यहाँसम्म फ्रुटब्याट भनिने एक प्रकारको चमेरो ले उक्त भाइरस पुऱ्याइएको निष्कर्ष निकालिएको थियो ।

उपलब्ध छैन कुनै उपचार

यसका साथै हालैका दिनहरूमा यो भाइरस मान्छेबाट मान्छेमा सर्न थालेको तथ्य समेत फेला परेको छ । भारतका केही अस्पतालहरूमा भर्ना गरिएका संक्रमितहरूमा मान्छेबाट नै उक्त भाइरस सरेको पाइएको थियो ।

निपाह भाइरसको संक्रमण भएपछि श्वासप्रश्वास सम्बन्धी गम्भीर लक्षण देखा पर्ने या इन्सेफ्लाइटिस हुने बताइएको छ ।

मानिस एअवं जनावरहरूलाई यस भाइरसको संक्रमणबाट बचाउन सक्ने कुनै औषधि आजसम्म बनेको छैन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन-सीडीसीका अनुसार निपाह भाइरसको संक्रमण इन्सेफ्लाइटिस रोगसँग जोडिएको छ जसले मष्तिष्कमा नोक्सान पुऱ्याउँछ ।

कस्ता छन् त लक्षण?

यस भाइरसले शरीरमा प्रवेश गरेपछि ३ देखि १४ दिनसम्म अत्यधिक ज्वरो र टाउनको दुख्ने कारण बन्न सक्छ। यी लक्षणहरूले २४ देखि ४८ घण्टाभित्र रोगीलाई कोमामा पुऱ्याउन सक्छन् । सुरुमा सास फेर्न समस्या देखिने गरे पनि आधाभन्दा बही रोगीहरूमा स्नायु सम्बन्धी समस्याहरू देखा पर्न सक्छन् ।

सम्बन्धित् समाचार  आज तपाइको दिन कस्तो रहला ? राशिफलले यस्तो भन्छ

कसरी सर्छ निपाह भाइरस?

सन् १९९८-९९ मा यो संक्रमण फैलिँदा २६५ जनामा यसका लक्षण देखा परेका थिए जस मध्ये ४० प्रतिशतमा गम्भीर स्नायु सम्बन्धी समस्याहरू देखा परेका थिए र ती सबैको मृत्यु भएको थियो। सामान्य अवस्थामा यो भाइरस मानिसको सम्पक्मा आउने चमेरा, बंगुर या अन्य संक्रमित मानिसबाट सर्न सक्छ ।

मलेसिया र सिङ्गापुरमा यो भाइरस बंगुर बाट सरेको थियो भने बंगलादेश र भारतमा यो चमेरा र मानिसबाट सरेको पाइएको छ ।  खुला सीमा र समान जलवायुका कारण नेपालमा पनि यसको जोखिम रहेको भएपनि यसबारे कुनै आधिकारिक जानकारी भने प्राप्त भएको छैन ।

एजेन्सीहरूको सहयोगमा

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: