अमेरिकामा नयाँ सिराबाट सुरु भयो ‘बन्दुक बहस’, दीक्षान्त ग्रहण गर्न राइफल बोकेर विश्वविद्यालय पुगिन् छात्रा

विश्वविद्यालयको दीक्षान्त समारोह र काँधमा अत्याधुनिक राइफल भिरेर क्याम्पस गैराखेक विद्यार्थी । सोच्दा अनौठो लाग्छ तर अमेरिकाको ओहियोस्थित केन्ट विश्वविद्यालयमा एक छात्रा यस्तै स्वरूपमा उपस्थित भइन्।

यस विश्वविद्यालयबाट स्नातक उपाधि पुरा गरेकी छात्रा क्याटलिन बेनेट(२२) विश्वविद्यालयको दीक्षान्त समारोहमा फरक पाराले प्रस्तुत भइन् । उनले काँधमा एआर-१० अर्ध-स्वचालित राइफल झुन्ड्याएकी थिइन् र उनको हातमा ग्र्याजुएसन स्याप थियो, जसमा उनले “आऊ र खोस” लेखेकी थिइन् ।

सामाजिक संजालमा भाइराल भएको उनक यस तस्बिरले अमेरिकाभरि व्यक्तिगत स्वतन्त्रता, विद्यार्थी प्रदर्शन र गोराहरूको विशेष अधिकार सम्बन्धी बहस सुरु भएको छ ।

धेरैले उनको यस व्यवहारको कडा शब्दमा आलोचना गरेका छन् ।

आफ्नो ट्विटर अकाउन्टमा यो तस्बिर साझा गर्दै बेनेटले आफू विश्वविद्यालयको त्यस नीतिको विरोध गरिरहेको लेखेकी छिन् जसले विद्यार्थीहरू, शिक्षक र कर्मचारीहरूलाई क्याम्पसमा ‘घातक हतियार’ ल्याउन प्रतिबन्धित गरेको छ तर ‘पाहुना’हरूलाई भने विश्वविद्यालय प्रांगणसम्म हतियार ल्याउने अनुमति दिएको छ ।

साथै बेनेटले यो पनि सम्झना गराएकी छिन् कि केन्ट स्टेट त्यही ठाउँ हो जहाँ सरकारले ४ जना निहत्था विद्यार्थीहरूलाई गोली हानी मारिदिएको थियो।

सन् १९७० मा त्यहाँ भइरहेको भियतनाम युद्ध विरोधी प्रदर्शनमा सेना र प्रदर्शनकारीहरूबीच झडप हुँदा सेनाले १३ जना प्रदर्शनकारी र छेउमा उभिएका अन्य व्यक्तिहरूलाई गोली हानेको थियो।

सम्बन्धित् समाचार  स्मृतिमा प्रकाश दाहालकाे ३७ औं जन्मदिन, लाेकले बुझ्न नसकेकाे व्यक्तित्व

‘चार मेको हत्याकाण्ड’को नामले चिनिने उक्त घटनामा ४ जनाको ज्यान गएको थियो भने नानी घाइते भएका थिए। घाइतेमध्ये एक जनालाई पक्षाघात भएको थियो।

बेनेटले गरेको ट्विटलाई  के ट्वीटलाई ६ हजार ३ सय पटक रिट्विट गरिएको छ भने यसलाई २६ हजार जनाले लाइक गरेका छन्। यसमा अन्य सामाजिक संजाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

त्यसपछि उनले सामाजिक संजालमा थप पोस्ट र अन्तर्वार्ता दिएर उनले आफ्नो कुरा राखेकी थिइन् ।

आत्म-रक्षाका लागि बन्दुक

एउटा फेसबुक पोस्टमा उनले “आत्मरक्षा मेरा अधिकार” मुद्दाको कुरा गरेको थिइन् ।

फेब्रुअरीमा पार्कल्याण्ड हाइस्कुलमा भएको गोलीबारीपछि बन्दुक पक्षधरहरूले ‘गन फ्री जोन’को अवधारणा नै समाप्त पार्नुपर्ने  र प्रत्येक नागरिकलाई बन्दुक राख्न छुट मिल्नुपर्ने बताउँछन् । भने अर्कोतर्फ विद्यार्थी र अभिभावकहरू भने बन्दुकमा पूर्णतया प्रतिबन्ध लगाइनु पर्ने माग गर्दैछन् ।

बेनेट भने एआर-१० राइफल बोकेकोमा बढी विवादित भएकी छिन् किनकि यो एआर-१५ भन्दा शक्तिशाली संसकरण हो । केही दिन अगाडि पार्कल्याण्ड र न्युटाउन एलिमेन्ट्री स्कुलमा भएको आक्रमणमा यसै बन्दुकको प्रयोग भएको थियो ।

बेनेटले भने यो राइफल उनको सेतो ड्रेस र हिल्ससँग म्याच गर्ने भएकाले आफूले यो बोकेको बताएकी थिइन्।

सम्बन्धित् समाचार  मर्नु अघि भोट हाल्न पाइयो (फोटो फिचर)

अमेरिकामा ‘मिलिट्री’ मेसिन गन जस्ता स्वचालित हतियारहरू पहिले देखि नै प्रतिबन्धित छन्। बेनेटले भने यी बन्दुकहरू समेत आम जनताको प्रयोगका लागि खुल्ला गरिनु पर्ने बताएकी छिन् ।

श्वेत विशेषाधिकारको पक्ष

बेनेटको आलोचना हुने एउटा कारण हो उनले गरेको श्वेत विशेषाधिकारको पक्षधरता। उनले आफू खुल्ला रूपमा हतियार लिएर घुम्न सक्ने बताएकी छिन् । तर अमेरिकामा अल्पसंख्यकहरू सदैव सन्देहको घेरामा रहेका हुन्छन् र यसो गरिएको खण्डमा उनीहरूले सरकारको हिंस्रक कारवाही भोग्नुपर्ने हुनसक्छ।

२०१६ मा फिलान्डो क्यासटाइल नामको एक अश्वेत व्यक्तिलाई लाइसेन्सयुक्त हतियार राखेको भन्दै ट्राफिक सिग्नलमा गोली हानिदिएको थियो । जबकि श्वेतहरू भने कमै शंकाको घेरामा रहने गरेका छन् ।

बेनेटले भने यस्ता अरोपहरूलाई अस्वीकार गर्दै आफू श्वेत भएकाले आफूसँग यो विशेषाधिकार भएको तर आफू रंगभेदी नभएको बताएकी थिइन् । कतिपयले उनको व्यवहार रंगभेदी र जातिवादी भएको आरोप लगाएका छन्।

बन्दुक विरोधी स्वर

बेनेटले केन्ट स्टेट नरसंहारको दुहाई दिए पनि उक्त घटनालाई नजिकबाट नियालेकी अमेरिकी वेबसाइट ‘द भर्ज’कि सम्पादक लारा हड्सनकी आमाले भने बेनेटले उक्त नरसंहार देखेको भए उनले कदापि बन्दुकको समर्थन नगर्ने बताएकी छिन् । उनका अनुसार यदि उक्त समय दुवै पक्षसँग बन्दुक भइदिएको भए उक्त घटना झनै भयावह हुने र सयौंको ज्यान जान सक्थ्यो।

सम्बन्धित् समाचार  परिवार नियोजनको साधन बन्यो गर्भपतनको सेवा
अमेरिकामा बन्दुक विरोधी प्रदर्शनहरु आम भएका छन्।

बन्दुक अधिकारको वकालत गर्नेहरूले भने बन्दुक आत्मरक्षा र अत्याचार विरुद्ध लड्नका लागि अत्यावश्यक रहेको बताउने गरेका छन्।

बेनेटका अनुसार ट्विटरमा उनको लोकप्रियतालाई देखेर ओहायोस्थित एउटा बन्दुक बिक्रेता कम्पनीले उनका सामु जागिरको प्रस्ताव पेस गरेको छ। उनले आफू केन्ट स्टेट र अन्य ठाउँहरूमा बन्दुक अधिकारको वकालत गरिरहने बताएकी छिन्।

शुक्रवार मात्रै अमेरिकाको एउटा विद्यालयमा भएको गोली हानाहानमा १० जना मारिएका छन् ।

बिबिसी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: