विद्यार्थीद्वारा तालाबन्दीसहित आन्दोलनका थप कार्यक्रम सार्वजनिक

काठमाडौं, वैशाख १७ । निजी विद्यालयको चर्को शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुको संयुक्त वैठकले सम्बन्धीत निकायले मागप्रति बेवास्ता गरेको भन्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

सोमबार अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा वसेको आन्दोलनरत विद्यार्थी संगठनको संयुक्त बैठकले थप कार्यक्रम सार्वजनिक गरेको अनेरास्ववियूका सविच आरसी लामिछाने जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लामो समयदेखि निजी विद्यालयको चर्को शुल्कवृद्धि विरुद्ध चरणवद्ध आन्दोलन रहे पनि आजसम्म सरोकारवाला निकायले कुनै सुनुवाई नगरेकाले थप संघर्षका कार्यक्रम घोषणा गर्न वाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।

यस्ता छन् आन्दोलनक कार्यक्रम
१. वैशाख १९ गते  संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ अवज्ञा गरी शिक्षामा सिण्डिकेट कायम गर्दै शुल्क आतंक मच्चाउने कार्यको अगुवाइ गर्ने प्याब्सन र एन प्याब्सनका केन्द्रीय कार्यालय र देशभरका जिल्ला कार्यालयहरुमा तालाबन्दी गर्ने।

२.वैशाख २० गते  शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा प्रदर्शन सहित तालाबन्दी गर्ने। देशभरका जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई (साविक जिशिअ कार्यालय ) को कार्यकक्षमा तालाबन्दी गर्ने।

३.वैशाख २१ गते विद्यालय तहको शिक्षाको अनुगमन र शुल्क निर्धारणको अधिकारप्रति वेखबर भई निदाएका जनप्रतिनिधि ब्युझ्याउन देशभरका स्थानीय तहका कार्यालय अगाडि प्रदर्शन सहित सिटी फुक्ने।

४.वैशाख २१ गते सम्म माग सम्बोधन नगरिए वैशाख २२ गते वैठक वसी कडा र सशक्त कार्यक्रमको घोषणा गर्न वाध्य हुने ब्यहोरा अवगत गराउन चाहन्छौं।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!