१२९औं अन्तर्राष्ट्रिय मजदुर दिवस भब्य रुपमा सम्पन्न गर्न नेपाली एकता मञ्चको आह्वान

नयाँदिल्ली, वैशाख १७ । भारतमा क्रियाशिल प्रवासी नेपाली संघसंस्थाहरुले भोलि भारतमा १२९ औं अन्तराष्ट्रिय मजदूर दिवस भव्यरुपमा मनाउने तयारी गरेका छन् । साथै भारतमा क्रियाशिल सबै संघसंस्थालाई कार्यक्रममा सहभागिताका लागि आह्वान पनि गरेका छन् ।

भोलि मंगलबार १२९ औं अन्तराष्ट्रिय मजदूर दिवस भारतको कर्नाटक, बेङ्गलोरमा कार्यरत संगठनहरु, अखिल भारत नेपाली एकता मंच, प्रवासी नेपाली संघ भारत, एकता समाज मुलप्रवाहले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको र कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव गिरिधारी सुवेदीले सोमबार जारी गरेको विज्ञप्र्तिमा आह्वान गरिएको छ ।

मंगलबार (भोलि) अपरान्ह २ बजेदेखि मजेस्टिक बस स्टान्ड नजिकै उपरपेट पोलिस स्टेसन नजिकको तुलसी पार्कमा जम्मा भएर नारा जुलुससहित र्याली निकाल्ले कार्यक्रम पनि रहेको र उक्त र्याली फ्रीडम पार्कमा गएर सभामा परिणत हुने पनि बताइएको छ ।

र्याली एवं सभामा भारतमा रहेका सबैको गरिमामय उपस्थितिको लागि बिनम्र आग्रहसमेत गरिएको छ । साथै संसार भरका मजदुर श्रमजीवी वर्गहरुमा १२९ औं अन्तराष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना पनि दिइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!