मनिषा कोइला भारतमा सम्मानित

काठमाडौं, वैशाख १७ । नायिका मनिषा कोइराला दादा साहेब फाल्के फिल्म फाउन्डेसनद्वारा आयोजित सम्मान कार्यक्रममा ‘भारतीय फिल्मकी मस्ट भर्सटाइल नायिका’ अवार्डबाट सम्मानित भएकि छिन् ।

सन् १९९४ देखि बलिउड फिल्ममा अभिनय शुरु गरेकी मनिषाले भारतीय फिल्म क्षेत्रप्रति गरेको योगदानको कदर गर्दै यो सम्मान दिइएको बताइएको छ ।

मुम्बईमा आयोजित कार्यक्रममा अवार्ड पाएपछि मनिषाले भनिन्, ‘मलाई एकदम राम्रो लागिराखेको छ । म आज यहाँ भएकोमा अति नै सम्मानित महसुस गर्दै छु ।’

मनिषाले ‘१९४२ः अ लभ स्टोरी’ नामक चलचित्रबाट बलिउड करियरको सुरुवात गरेकी थिइन । उनको अकेले हम अकेले तुम, दिल से, मन जस्ता सफल चलचित्रबाट भारतीय चलचित्र क्षेत्रमा गहिरो छाप छोड्न सफल भएकी हुन् । उनले विगतमा पनि दर्जनौं चलचित्र अवार्डहरु जितिसकेकी छिन् ।

पछिल्लो समय क्यान्सरबाट पीडित भएपछि उनी फिल्म क्षेत्रमा सक्रिय छैनन । तर उपचारपछि उनको रोग भने निको भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!