२३१२ वडामा स्वास्थ्य चौकी र प्रत्येक पालिकामा आधारभूत अस्पताल : राज्यमन्त्री अर्याल

काठमाडौं, वैशाख १७ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य चौकी नभएको दुई हजार ३१२ वडामा स्वास्थ्य चौकी स्थापना गर्ने तयारी गरेकी छिन् ।

मानिसको आधारभूत स्वास्थ्यमा सबैका पहुँचलाई प्राथमिकता दिइनुपर्ने भन्दै राज्य मन्त्री अर्यालले यस्तो तयारी गरेको बथताएकी छन् ।

तयारी स्वरुप आइतबार मात्रै यस विषयमा मन्त्री अर्यालले अर्थमन्त्री युवराज खतिवडासँग छलफल गरेकी छिन् । मन्त्री अर्यालले भनिन्, ‘राज्य पुनर्संरचनापछिका दुई हजार ३१२ वडामा स्वास्थ्य चौकी छैन । अहिलेको अवस्थामा पनि आधारभूत स्वास्थ्य सेवामै जनताको पहुँच नभएको देखिन्छ । त्यसैले यतातिर जोड दिएकी हुँ।’

योजना अनुसार कार्य गर्नका लागि १७ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ । जसका लागि अर्थमन्त्रालयसँग अनुरोध गरिएको छ । अर्थमन्त्री डा खतिवडा पनि यस विषयमा सकारात्मक रहेको बताइएको छ।

सवै क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच पुर्या‍उनु आफ्नो पहिलो प्राथमिकता रहेको राज्यमन्त्री अर्यालले बताइन् । आधारभूत स्वास्थ्यलाई संविधानमै मौलिक हकका रुपमा उल्लेख गरिएको छ।

यसैगरी प्रत्येक वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र, प्रत्येक नगरपालिकामा जनसंख्या र भूगोललाई मध्येनजर गर्दै ५ देखि १५ शैयाका अस्पताल, प्रत्येक प्रदेशमा विशेषज्ञ सहितका अस्पताल सञ्चालन गर्ने उनको योजना छ । यसलाई सरकारको नीति तथा कार्यक्रममै राख्ने गरी प्रस्ताव गरिएको उनले बताइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!