बलिउडका सेलिब्रेटी यसरी अलगअलग ठाउँमा देखिए

मुम्बई । बिहीबार बलिउडका सेलिब्रेटी यसरी छुट्टाछुट्टै ठाउँमा छुट्टै गेटअपमा देखिएका थिए । कोही सेलिब्रेटी रेष्टुरेन्टमा त कोही एयरपोर्ट बाहिर ।

बिहीबार आमा बबिताको साथमा करिना कपुर र छोरा तैमुरसँगै देखिए ।

करिनाले अाफ्नो मोबाइलबाट फोटो क्लिक गर्दा छोरा तैमुरको अलगअलग हाउभाउ देखिएका थिए । त्यस्तै, स्टार प्लस च्यानलबाट प्रसारण हुने हिन्दी टेलिसिरियल ‘ये हे मोहब्बते’ की अभिनेत्री करिश्मना शर्मा बान्द्रामा कलरफुल प्रिन्टेड सर्टसँगै गगल्स पनि लगाएकी थिए ।

उनी एकता कपुरकी वेब सिरिज ‘राँगिनी एमएमएस रिटन्र्स’ मा देखा परेकी थिए । यस वेब सिरिजमा उनले धेरै राम्रो बोल्ड सिन्स दिएकी थिइन् । त्यही, श्रीदेवीको छोरी खुशी कपुर बान्द्राको एउटा रेष्टुरेन्टबाट बाहिर आउँदै गरेको देखियो । उनले लाइट पिंक कलर फ्रक लगाएकी थिइन् । सञ्जय कपुरकी श्रीमतीकी जन्मदिनको पार्टीमा सहभागी भएका थिए सेलेब्रेटीहरु ।

अभिनेता सञ्जय कपुरकी श्रीमती महीप कपुरको जन्मदिनको पार्टीका आयोजना करन जौहरको घरमा नै गरेका थिए । यस पार्टीमा सिद्धार्थ मल्होत्रा, अर्जुर कपुर, मलाइका अरोडा, अमृता अरोडा, सोहा अली खान, कुणाल खेमु, रिया कपुर, डिनो मोरिया सहित अन्य सेलिब्रेटीहरु सहभागी हुन आइपुगेका थिए

केही तस्वीरहरु-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!