टाइगरकी अामा र प्रेमिका दिशा एकअर्काको हात समाउँदै…

मुम्बई । बलिउड स्टार टाइटर श्राफ बिहीबार आमा आयशा श्राफको साथमा बान्द्राकै एक रेष्टुरेन्टमा देखिएका थिए ।

अामाकाे साथमा टाइगर रेष्टुरेन्टमा लन्च गर्न अाएका थिए भने साथमा प्रेमिका दिशा पाटनी र डिजाइनर आन सिंह थिइन् ।

यसै मौकामा आमा आइना श्राफ, टाइटर र दिशा पाटनी एकसाथ रमाइलो गर्दै गर्दाको दृश्य मिडिया फोटोग्राफरको क्यामरामा कैद हुन पुगे । जहाँ अामा र प्रेमिका दिशा एकअर्काको हात समाउँदै, कुराकानी गर्दै हाँस्दै-रमाउँदै गरेका थिए ।

यसैक्रममा दिशाले स्कट्स र हल्का निलो रङको शर्ट लगाएकी थिइन् । त्यस्तै, टाइगरले मिल्ट्री रङको हाफ टी–शर्ट र लाइट कलरको पाइन्ट लगाएका थिए । यो दृश्य पनि मिडिया फोटोग्राफरले क्लिक गर्न भ्याइहाले । अहिलेसम्म दिशा र टाइगर एकसाथ कहिले देखा परेका थिएनन् ।

बताएअनुसार पछिल्लो महिनामात्र टाइगर र दिशाका नयाँ चलचित्र ‘बागी २’ रिलिजमा अाएका थिए । उक्त चलचित्रले विश्वव्यापीरुपमै ११० करोड कमाउन सफल भएका थिए ।

केही तस्वीरहरु-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!