औषधि अभाव बढ्न थाल्यो

काठमाडौं, वैशाख १७ । स्थानीय तहले समन्वय गर्न नसक्दा औषधिको अभाव बढ्न थालेको छ । औषधिको मौज्दात भएका ठाउँबाट अभाव देखिएको ठाउँमा ढुवानी गर्न नसक्दा अभाव बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

औषधीको अभाव देखिएपछि खरिद गर्न स्थानीय तहलाई रकम विनियोजन गरिसक्दा पनि यो अभाव हट्न सकेको छैन । कुन औषधिको कसरी खरिद गर्ने भन्नेबारे स्थानीय तहमा अन्योल हुँदा ग्रामिण भेगका विरामीले अत्यावश्यक औषधि पाउन सकेका छैनन् ।  यसअघि आवश्यक औषधी खरिद गर्ने जिम्मेवारी क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयको थियो ।

संघीय संरचनामा गएसँगै अहिले स्थानीय तह, जिल्ला, क्षेत्रिय स्वास्थ्य निर्देशनालय र केन्द्रले औषधि खरिद गर्न सक्ने गरी विभाजन गरिएको छ । तर यी चारवटै संयन्त्रमा सञ्चार सम्पर्क र समन्वय नहुँदा अभाव बढेको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सस्थामा औषधी अभाव सुरु भएको महिनौ वितिसक्दा पनि प्रभावकारी कदम नचालिँदा अभाव हट्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!