बुद्ध जन्मभूमिलाई धार्मिक पर्यटन केन्द्र बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको सोमबार बिहान अवलोकनपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेपनि ओझेलमा परेको भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार नपुगेको कारण बाह्य पर्यटकको संख्यामा कमी आएको भन्दै उहाँले अन्तर्राष्ट्रिय स्तरमा यसको प्रचार प्रसार र प्रर्बद्धनलाई सरकारले प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन हिजो लुम्बीनी पुग्नुभएका प्रधानमन्त्री ओलीले सोमबार बिहान विभिन्न सम्पदाको अबलोकन समेत गर्नुभएको थियो ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको ट्वीटमा यस्ता आए प्रतिक्रिया

यसैबीच बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ ।

आयोजनाको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्री ओली सहित उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!