प्रचण्डकाे अाह्वान : आर्थिक समृद्धिका लागि सबै दलहरु गोलबन्द हाेउँ

काठमाडौं, वैशाख १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २५६२ औं बुद्ध जयन्ती अवसरमा शुभकामना व्यक्त गरेका छन्।

शुभकामनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता नेपाली समुदायको परिचय रहेकाे बताएका हुन्।

सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्दै बुद्ध जयन्तीको अवसरमा देशको आर्थिक समृद्धि र विकासका लागि सबै राजनीतिक दलहरुलाई गोलबन्द हुन आव्हान पनि शुभकामना मार्फत गरेका छन्।

त्यसैगरी अध्यक्षले किराँत समुदायको पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!