हङकङमा जारी तेक्वान्दो प्रतियोगितामा मेलिशालाई स्वर्ण पदक

काठमाडौं, वैशाख १६ । हङकङमा भएको नवौं वार्षिकोत्सव तेक्वान्दो ग्योरोगी च्याम्पियनसिपमा नेपालकी मेलिशा खड्गीले आइतबार स्वर्ण जितेकी छन् ।

टप माउन्टेन तेक्वान्दो संघ, हङकङको नवौं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा मेलिशाले स्वर्ण जितेकी हुन् ।

महिला ४५ केजीमुनि फाइनलमा मेलिशाले फिलिपिन्सकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितिन् । त्यसअघि मेलिशाले हङकङ र इन्डोनेसियाका खेलाडीलाई हराएर फाइनलमा पुगेको प्रशिक्षक मनोज खड्गीले जानकारी दिए ।

यो प्रतियोगितामा मेलिशाको यो लगातार दोश्रो स्वर्ण हो । गत संस्करणमा पनि मेलिशाले स्वर्ण जितेकी थिइन् । मेलिशालाई टप माउन्टेन तेक्वान्दो संघका संस्थापक अध्यक्ष गणेश गुरुङले पुरस्कृत गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!